कपिलवस्तुमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या २७६ पुग्यो | Khabarhub Khabarhub

कपिलवस्तुमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या २७६ पुग्यो


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कपिलवस्तुमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै आज एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि आजै बर्दिया नार्खु–११ की २८ वर्षीया महिला, सिराहा, सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, वीरगञ्ज–१२ निवासी २८ र २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै सर्लाही रामनगर–४ निवासी १८ वर्षीया महिला र चितवन गढौली–१ की २५ वर्षीया महिलामा पनि आजै कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ । यस्तै उपचार पछि ३६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ११ : ३८ बजे

ग्यास बुलेट गाडीको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते

बागमती– पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका– ७ लच्कास्थित सडकमा आज

परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

चितवन– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

कञ्चनपुर कारागारबाट भागेका ३८८ कैदीबन्दी फिर्ता

कञ्चनपुर– जिल्ला कारागारबाट भागेकामध्ये हालसम्म ३८८ कैदीबन्दी फिर्ता आएका छन्

सङ्खुवासभामा सेना, सशस्त्र र प्रहरीको संयुक्त सुरक्षा गस्ती

खाँदबारी– जेन-जी आन्दोलनपछि उत्पन्न भएको सुरक्षा चुनौती र चाडपर्वको चहलपहललाई

चीनद्वारा ‘बहुध्रुवीय संसार’ को स्वागत

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच