बेलायतमा ६५ वर्षमाथिकामा कोरोनाको जोखिम उच्च | Khabarhub Khabarhub

बेलायतमा ६५ वर्षमाथिकामा कोरोनाको जोखिम उच्च


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायतमा विभिन्न उमेर समूहका कोरोना भाइरस संक्रमितहरुको अनुसन्धान गरिएको छ ।

कोरोना भाइरसको महामारीबाट मृत्यु भएकाहरुको रिसर्चमा शोधकर्ताहरुले ६५ वर्ष भन्दा कम उमेरका मानिसहरुमा कोरोना भाइरसको संक्रमण खतरा ३४ गुणा कम रहेको पाइएको बताएका छन् ।

बेलायतको नेशनल स्ट्याटिसटिक्सले कोरोनाबाट मृत्यु हुनेहरु धेरै जसो ६५ वर्ष भन्दा माथिको उमेरका रहेको उल्लेख गरेको छ ।

बेलायतमा यस उमेरका मानिसहरुको मृत्यु ३० हजार ९७८ भन्दा धेरै रहेका छन् । ६५ वर्ष भन्दा कम उमेरका मानिसहरुको मृत्यु १२ प्रतिशत मात्र रहेको उक्त अनुसन्धानले देखाएको छ ।

शोधकर्ताहरुका अनुसार ४५ वर्ष उमेरका प्रति एक लाख संक्रमितमा १ जनाको मात्र मृत्यु भएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  १२ : ३३ बजे

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना

नेपाललाई समृद्ध बनाउन कृषि र पर्यटन विकासमा ध्यान दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले जनताको

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालन

मकवानपुर – मकवानपुरको काठमाडौं–हेटौँडा खण्डको त्रिभुवन राजपथअन्तर्गत भिमफेदी गाउँपालिका–९ लामिडाँडामा