प्रदेश नं २ मा कोरोना सङ्क्रमित संख्या १०३ पुग्यो « Khabarhub

प्रदेश नं २ मा कोरोना सङ्क्रमित संख्या १०३ पुग्यो


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १०३ पुगेको छ ।

यसअघि प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ९९ थियो भने शुक्रबार साँझ स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको नौ नयाँ सङ्क्रमितमध्ये पर्साको चार जना छन् । सोसमेत गरी यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या अब १०३ पुगेको हो ।

थपिएका चार जनामा पर्साको वीरगञ्ज–९ बस्ने नौ र १० वर्षीय गरी दुई बालक र २३ र २७ वर्षीया दुई महिला हुन् । धनुषाकी १७ वर्षीया एक किशोरीमा कोरोनाको सङ्क्रमण भएको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालाले बिहीबार पुष्टि गरेको थियो ।

जनकपुरको रमानन्दचोकमा घर भए पनि तत्काल उहाँ काठमाडौँमा हुनुहुन्छ । उहाँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचार भइरहेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए।

यस प्रदेशमा कोरोना भाइरसको रोकथाम तथा उपचारमा तीव्रता दिनका लागि स्वाबको नमूना सङ्कलनकार्य व्यापकरूपमा अगाडि बढाइएको छ । दुई दिनको अवधिमा एक हजारको स्वाब सङकलन गर्ने नीतिअनुरुप पर्सामा ‘कन्टयाक्ट ट्रेसिङ’ गरिएका मध्येबाट ३५० जनाको स्वाब सङ्कलन शुक्रबार भइसकेको र ३६० जनाको स्वाब सङ्कलनकार्य जारी छ ।

यस्तै बाराको कलैया अस्पतालमा सञ्चारकर्मी र स्वास्थ्यकर्मीको १०० भन्दा बढीको स्वाब सङ्कलन गरिएको छ । रौतहटको गौर नगरपालिकाको गौरी क्याम्पस, राजदेवी नगरपालिका–२, राजपुर नगरपालिका–९ र चन्दनपुर नगरपालिका–१० का साथै महोत्तरीको जलेश्वर नगरपालिकामा पनि स्वाब सङ्कलन भइरहेको प्रदेश सचिव डा घिमिरेले बताउनुभयो । सप्तरी, सिरहा र सर्लाही जिल्लाका जोखिमपूर्ण व्यक्तिको पहिचान गरी स्वाब सङ्कलन तयारी गरिएको छ ।

यस प्रदेशमा कोरोनाबाट सङ्क्रमित ९६ जनाको उपचार भइरहेको छ । सोमध्ये बीरगञ्जस्थित नारायणी अस्पतालमा ६३ पुरुष र आठ महिला गरी ७१ र वीरगञ्जस्थित सिद्धार्थ स्कूलको आइसोलेसनकक्षमा रहेका १३ पुरुष र छ महिला गरी १९ जनाका साथै जनकपुरस्थित प्रादेशिक अस्पतालमा पाँच र सप्तरीको गजेन्द्रनारायणसिंह अस्पतालमा एक सङ्क्रमितको उपचार भइरहेको छ ।

यस प्रदेशमा अहिलेसम्ममा चार हजार ९८० को स्वाब सङ्कलन गरिएकामा तीन हजार ८१७ को नतिजा नेगेटिभ आएको छ र एक हजार ६४ जनाको रिपोर्ट आउन बाँकी छ । यस प्रदेशमा अहिलेसम्म पाँच हजार ५१७ को आरडिटी परीक्षण गरिएको छ ।

प्रदेश नं २ का विभिन्न क्वारेन्टाइनमा एक हजार ९१५ जना छन् भने होम क्वारेन्टाइनमा चार हजार ६८८ र आइसोलेसनमा १०८ जना बसेका छन् । यसका साथै आइसोलेसनकक्षका लागि प्रदेश सरकारले पहिचान गरेका अस्पताललाई पूर्ण तयारीमा रहन आग्रह गर्दै सचिव डा घिमिरेले बिरामी आएपछि तयारी गर्ने सोचाइ नराख्नतर्फ ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  १ : ११ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर