महाकाली नदीमा ट्युवबाट तरेर आउनेक्रम रोकिएन « Khabarhub

महाकाली नदीमा ट्युवबाट तरेर आउनेक्रम रोकिएन


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा लुकीछिपी भारतीय सीमाबाट स्वदेश प्रवेश गर्नेको सङ्ख्यामा कमी आउन सकेको छैन ।

सीमा क्षेत्रमा कडाइ गरिएपनि जङ्गलको बाटो तथा महाकाली नदीमा ट्युबमा तरेर आउने क्रम नरोकिएको जनाइएको छ ।

शुक्रबारमात्रै सीमा क्षेत्रमा प्रवेश गरेका ६५ जना नेपालीलाई दशगजा क्षेत्रमा राखिएको छ । महाकाली नगरपालिकाको मायापुरी वन क्षेत्रको दशगजा क्षेत्रमा ३८ तथा भारतको टनकपुर नाका भएर सीमा क्षेत्र प्रवेश गरेका २७ जनालाई पनि दशगजा क्षेत्रमै राखिएको छ ।

महाकाली नगरपालिकाको दशगजा क्षेत्रमा बस्दै आएकालाई नगरपालिकाले खानपिनको व्यवस्था गरेको छ । ब्रह्मदेव बजार नजिकैको दशगजा क्षेत्रमा बस्दै आएकालाई भीमदत्त नगरपालिकाले खानपिनको व्यवस्थापन गरेको छ ।

सीमा क्षेत्रको दशगजा क्षेत्रमा रोकथाम गरिएकालाई तत्काल सीमानाका प्रवेश गर्न दिने नदिनेबारे निर्णय भइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले जानकारी दिए ।

भारतका विभिन्न क्षेत्रबाट फर्कंदै गरेका नेपालीलाई भारतीय शुरक्षाकर्मीले सीमा क्षेत्रमा ल्याएर छाड्न थालेपछि समस्या उत्पन्न भएको महाकाली नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताए ।

रोजगारी गुमेपछि खानाको अभावमा नेपाली मजदुर पैदल र रेल मार्गबाट सीमा नाकामा पुग्न थालेका छन् । धेरैजना शुरक्षाकर्मीको आँखा छिचोल्दै सीमा क्षेत्र नाघेर घर पुग्ने क्रम पनि जारी रहेको छ । अवैधरुपमा सीमा नाका प्रवेश गरेर घर फर्कनेमाथि स्थानीय तहले समेत निगरानी बढाएका छन् ।

भीमदत्त नगरपालिका–१० का वडाध्यक्ष प्रमानन्द जोशीले भारतले सीमा क्षेत्रमा ल्याएर छाडिदिँदा निकै चुनौतीको सामना गर्नुपरेको बताए । उनले भने, ‘सुरक्षाकर्मीको व्यस्तता बढेको छ । सुरक्षाकर्मीलाई समेत सङ्क्रमण हुन सक्ने जोखिम बढेको छ ।’

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  २ : ३८ बजे

अर्जेन्टिना भर्सेस केप भर्डे, कस्तो होला गोल मेसिन मेसी र किपर भोजिन्हाको जादु ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गत

विश्वकप : खेल हुँदै गर्दा दर्शक मैदान छिरेपछि…

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत बेल्जियम र सेनेगलबीच सियाटलमा

दुई गोलले पछि परेको बेल्जियम नाटकीय जित निकाल्दै विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अतिरिक्त समयको अन्तिम मिनेटमा युरी टिलेमान्सले पेनाल्टीमार्फत गोल

केनको दुई गोलमा इंग्ल्यान्ड अन्तिम १६ मा : कंगो विश्वकपबाट बाहिरियो

काठमाडौँ – कप्तान ह्यारी केन नायक बनेपछि डीआर कंगोमाथि रोमाञ्चक