महाकाली नदीमा ट्युवबाट तरेर आउनेक्रम रोकिएन « Khabarhub

महाकाली नदीमा ट्युवबाट तरेर आउनेक्रम रोकिएन


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा लुकीछिपी भारतीय सीमाबाट स्वदेश प्रवेश गर्नेको सङ्ख्यामा कमी आउन सकेको छैन ।

सीमा क्षेत्रमा कडाइ गरिएपनि जङ्गलको बाटो तथा महाकाली नदीमा ट्युबमा तरेर आउने क्रम नरोकिएको जनाइएको छ ।

शुक्रबारमात्रै सीमा क्षेत्रमा प्रवेश गरेका ६५ जना नेपालीलाई दशगजा क्षेत्रमा राखिएको छ । महाकाली नगरपालिकाको मायापुरी वन क्षेत्रको दशगजा क्षेत्रमा ३८ तथा भारतको टनकपुर नाका भएर सीमा क्षेत्र प्रवेश गरेका २७ जनालाई पनि दशगजा क्षेत्रमै राखिएको छ ।

महाकाली नगरपालिकाको दशगजा क्षेत्रमा बस्दै आएकालाई नगरपालिकाले खानपिनको व्यवस्था गरेको छ । ब्रह्मदेव बजार नजिकैको दशगजा क्षेत्रमा बस्दै आएकालाई भीमदत्त नगरपालिकाले खानपिनको व्यवस्थापन गरेको छ ।

सीमा क्षेत्रको दशगजा क्षेत्रमा रोकथाम गरिएकालाई तत्काल सीमानाका प्रवेश गर्न दिने नदिनेबारे निर्णय भइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले जानकारी दिए ।

भारतका विभिन्न क्षेत्रबाट फर्कंदै गरेका नेपालीलाई भारतीय शुरक्षाकर्मीले सीमा क्षेत्रमा ल्याएर छाड्न थालेपछि समस्या उत्पन्न भएको महाकाली नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताए ।

रोजगारी गुमेपछि खानाको अभावमा नेपाली मजदुर पैदल र रेल मार्गबाट सीमा नाकामा पुग्न थालेका छन् । धेरैजना शुरक्षाकर्मीको आँखा छिचोल्दै सीमा क्षेत्र नाघेर घर पुग्ने क्रम पनि जारी रहेको छ । अवैधरुपमा सीमा नाका प्रवेश गरेर घर फर्कनेमाथि स्थानीय तहले समेत निगरानी बढाएका छन् ।

भीमदत्त नगरपालिका–१० का वडाध्यक्ष प्रमानन्द जोशीले भारतले सीमा क्षेत्रमा ल्याएर छाडिदिँदा निकै चुनौतीको सामना गर्नुपरेको बताए । उनले भने, ‘सुरक्षाकर्मीको व्यस्तता बढेको छ । सुरक्षाकर्मीलाई समेत सङ्क्रमण हुन सक्ने जोखिम बढेको छ ।’

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  २ : ३८ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा