स्मिथ र वार्नरको प्रतिबन्ध फुकुवा « Khabarhub

स्मिथ र वार्नरको प्रतिबन्ध फुकुवा


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी — अस्ट्रेलियाका पुर्व कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरमाथिको प्रतिबन्ध फुकुवा भएको छ । बल टेम्पिरिङ काण्डमा परि पछिल्लो एक बर्ष निलम्बनमा परेका स्मिथ र वार्नर कारबाही बिहीबार फुकुवा भएको हो ।

दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्ट क्रिकेटका क्रममा उनीहरुले ‘बल टेम्परिङ’ गरेका थिए । एक वर्षको राष्ट्रिय टिमबाट खेल्न नपाएका स्मिथ र वार्नर मे महिनामा हुने विश्वकपमा टिममा पर्ने सम्भावना बलियो देखिन्छ ।

स्मिथ र वार्नर अहिले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा व्यस्त छन् । आईपीएलमा स्मिथले राजस्थान रोयल्स तथा वार्नरले सनराईजर्स हैदरवादबाट खेलिरहेका छन् । क्रिकेट अस्ट्रेलियाले उनीहरुको आईपीएलको प्रदर्शनलाई हेरेर राष्ट्रिय टिममा पर्ने नपर्ने निश्चित हुने बताएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ५ : १७ बजे

सङ्कटमा पुर्ख्यौली पहिचान र लोक–संस्कृति

लुम्बिनी (मर्चवार)– कुनै समय मधेसका गाउँघरमा गुञ्जने ‘डफला’ बाजाको ताल

पम्फा भुसालले चुनाव नलड्ने

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले फागुन २१ गते

सेनाले सत्ता कब्जा गरेयता म्यान्मारमा पहिलो पटक निर्वाचन हुँदै, मतदान जारी

याङ्गुन- म्यान्मारमा सेनाले सन् २०२१ मा सत्ता कब्जा गरेपछि पहिलो

चीनद्वारा ‘फेङ्ग्युन –४–०३’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ- चीनले शनिबार देशको दक्षिणपश्चिमी सिचुआन प्रान्तस्थित शिचाङ्ग उपग्रह प्रक्षेपण

भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ सुरु (तस्बिरहरू)

काठमाडौं– भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ सुरु भएको छ ।