६६ दिनअघि मलेसियाबाट आएका थिए सिरहाका कोरोना संक्रमित पुरुष | Khabarhub Khabarhub

६६ दिनअघि मलेसियाबाट आएका थिए सिरहाका कोरोना संक्रमित पुरुष


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- कोरोना संक्रमण पुष्टि भएका सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीका ३० वर्षीय पुरुष फागुन २८ गते मलेसियाबाट घर फर्केका थिए ।

पाँच दिन अघि उनको स्वाब स‌ंकलन गरिएको गाउँपालिका अध्यक्ष केदार प्रसाद यादवले जानकारी दिए ।

‘स्वास्थ्य मन्त्रालयको बुलिटिनमा सिरहा सखुवा–१९ का ३० वर्षीय पुरुष भनिएको छ । जसले यहाँका जनप्रतिनिधिदेखि प्रहरी सबैलाई अलमलाएको छ । यो गाउँपालिकामा सखुवा १९ छैन् । यो गाउँपालिकामा जम्मा ५ वटा वडा छ । साविका गाउँविकास समितीमा पनि १९ वटा वडा थिएन’, अध्यक्ष यादवले भने,‘ठेगानाले हामीलाई अन्यौलमा पारिदिएको छ । बुझ्दै जाँदा सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीका भएको खुलेको छ ।

सिरहामा कोरोना पुष्टि भएको यो पहिलो केस हो । यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १०३ पुगेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ३ : २८ बजे

रानीपोखरीमा यसरी गरियो उद्धार अभ्यास (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको रानीपोखरीमा आयोजित जल प्रकोप खोज तथा कृत्रिम उद्धार

इजरायलतर्फ इरानले हान्यो एक सयभन्दा धेरै ड्रोन

काठमाडौं– इजरायलले आफ्नो भूमिलाई लक्षित गरी सञ्चालन गरेको आक्रमणको बदला

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड

काठमाडौं– वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि श्रम,

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

राँझा– राप्ती सोनारी गाउँपालिका–९ भएर बग्ने झिझरी खोलाको बाढीबाट बस्ती

तोलामा चार हजार दुई सयले बढ्यो सुनको मूल्य

काठमाडौं– गत मंगलबारदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ