सरकारले आफ्नो असफलता नीति तथा कार्यक्रमबाट प्रष्ट पार्‍यो : अध्यक्ष राणा « Khabarhub

सरकारले आफ्नो असफलता नीति तथा कार्यक्रमबाट प्रष्ट पार्‍यो : अध्यक्ष राणा


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले आफ्नो कमजोरी र असफलता, नीति कार्यक्रममार्फत आफैंले प्रष्ट पारेको बताएका छन् ।

‘सरकार कमजोर छ, असफल छ भन्ने लगुताभाष नीति कार्यक्रममा प्रष्ट झल्कियो । लामो कार्यक्रमको भद्दा संगालो त्यसको प्रमाण बन्यो,’ राणाले शनिबार भने ।

महामारीका बाबजुद नीति तथा कार्यक्रमले कोरोनालाई अन्देखा गरेकोमा उनले आश्चर्य व्यक्त गरे । सरकारको कोरोनामुक्त नीति आठौं आश्चर्यसरह साबित भएको राणाले बताए ।

‘कोरोनाले आक्रान्त भएको बेला स्वास्थ्य, आर्थिक संकट र वेरोजगारी सम्बोधन हुने विशेष जोडको अपेक्षा थियो । सतही विवरणबाहेक सरकार करिवन् मौन रह्यो,’ अध्यक्ष राणाले ट्वीट गदै भने । ‘महामारीबीच कोरोनामुक्त नीति कार्यक्रम आठौं आश्चर्यसरह नै हो । सरकार कहाँ छ, ध्यान कता छ, जगजाहेर भयो ।’

लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर नक्सा प्रकाशन गर्ने सरकारको प्रतिवद्धता व्यवहारमा लागू हुनु पर्ने उनको भनाइ छ ।

‘हाम्रो भूमि मिचेर भारतले सडक बनाएको प्रधानमन्त्रीलाई अस्तिसम्म जानकारी थिएन । लिम्पियाधुरा, कालापानी, लिपुलेक राष्ट्रपतिले फिर्ता लिन्छौं भन्नु त्यसर्थ सुधार मानौं,’ उनले भने । ‘छुटेको भूमिसहित नयाँ नक्सा प्रकाशित गर्ने घोषणा भएको छ । सरकारको प्रतिवद्धता व्यवहारमा लागू हुन्छ भन्ने कामना गरौं ।’

सरकारको नीति तथा कार्यक्रम अव्यवहारिक रहेको राणाको टीप्पणी छ, जो प्रस्तुत गर्न राष्ट्रपतिलाई साढे दुई घण्टाभन्दा बढी समय लागेको थियो ।

अध्यक्ष राणले भने, ‘फेहरिस्त वाचन गर्दागर्दै राष्ट्रपति थाके भने, यसै थाकेको सरकार यत्रो कार्यक्रम साँच्चै कार्यान्वयन गर्दा अझै कति थाक्ने हो । नीति कार्यक्रम अव्यवहारिक देखियो ।’

उनले भने, ‘कोरानाको लहरबाट मृतप्राय भएको नेपाली अर्थतन्त्र उकास्ने भन्ने तर ठोस योजना प्रस्तुत नगर्ने, स्रोत साधन पहिचान र प्रस्तुत नगरी विकास गर्छु भन्ने जस्ता खोक्रो आश्वासनले भरीभराउ नीति तथा कार्यक्रम पढेर नेपाली जनता सरकारसँग निराश र वाक्क दिक्क भएका छन् ।’

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ३ : ४८ बजे

आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट

काठमाडौं– सङ्घीय संसद् दुवै सदनको अधिवेशन यही वैशाख २८ गते

अनुमतिबिना यार्सागुम्बा संकलन गर्न गएका २५ जना नियन्त्रणमा

मुगु– अनुमतिविना यार्सागुम्बा संकलनका लागि गएका २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको

यस्ता छन् शुक्रबारको मन्त्रिपरिषद् बैठकका ४ निर्णय 

काठमाडौं– मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले संघीय संसद्को संयुक्त बैठक आह्वान

सरकारले १५ जना अवैतनिक दूतहरूलाई पदबाट हटायो

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई

हिरासबाट छुटेपछि शेखर गोल्छा लेख्छन् : अब काममा फर्किएँ

काठमाडौं– व्यवसायी शेखर गोल्छा काममा फर्किएका छन् । धितोपत्र र