धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको उपचारमा ‌संलग्न तीन जना आइसोलेसनमा « Khabarhub

धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको उपचारमा ‌संलग्न तीन जना आइसोलेसनमा


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धुलिखेल अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएपछि उनको उपचारमा संलग्न ३ जनालाई पनि आइसोलेसनमा राखिएको छ ।

अस्पतालका एक चिकित्सकका अनुसार सुत्केरी महिलाको उपचारमा प्रत्यक्ष संलग्न ३ जनालाई आइसोलेनमा राखिएको छ । उनीहरुको पनि कोराना परीक्षणका लागि थ्रोट स्वाब संकलगन गरी प्रयोगशालामा पठाइएको छ ।

धुलिखेल अस्पतालमा बिहीबार साँझ आकस्मिक रुपमा भर्ना भएकी सुत्केरी महिलाको मृत्युभएको थियो । धुलिखेल अस्पतालको प्रयोगशालामा कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि मृतक महिलाको नमूना पुन परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको अस्पताल स्रोतले बतायो ।

अस्पतालका प्रवक्ता सुमन ताम्राकारले महिलाको मृत्यु भएको पुष्टि गरेपछि महिलाको कोरोना परीक्षणको रिपोर्टबारे भने कुनै जानकारी दिएका छैनन् । धुलिखेल अस्पतालमा महिलाको मृत्युभएपछि अहिले अस्पताललाई सील गरिएको छ । स्वास्थ्य मन्त्रालयले पनि सो घटनाको विषयमा अहिले केही बोल्न चाहेको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले खबरहबसँग भने, ‘अहिले सबै कुरा क्लियर भइसकेको छैन । सबै कुरा क्लियर भएपछि प्रेसमिटमा भन्न सक्छु, अहिले पूरा सूचना नआइकन मैले भन्न मिल्दैन । हल्ला चाँही आएको छ ।’

महिलाको उपचारमा प्रत्यक्ष संकलन ३ जना चिकित्सक तथा नर्ससहित अन्य स्वास्थ्यकर्मीलाई समेत आइसोलेसनमा राखेर कोरोना परीक्षण गर्न लागिएको जनाइएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ४ : ०३ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल