फोहरमैला व्यवस्थापनमा काम गर्ने मजदुरलाई राहत « Khabarhub

फोहरमैला व्यवस्थापनमा काम गर्ने मजदुरलाई राहत


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- महानगरपालिका–१३ कालिमाटी तथा त्यस वरपर क्षेत्रको फोहरमैला व्यवस्थापनमा क्रियाशील ३२ मजदुरलाई आज राहत वितरण गरिएको छ ।

महिलाका लागि मानव अधिकार नामक गैरसरकारी संस्थाले उनीहरुलाई एक बोरा चामल, दाल, नुन, तेल, चना, मस्यौरा, चिनी र साबुन राहतस्वरुप वितरण गरेको हो ।

नमो: हारती सहकारी र स्थानीयवासीको सहयोगमा भएको उक्त कार्यक्रममा पूर्व वडाध्यक्ष रामशरण डङ्गोलले सरसफाइका क्षेत्रमा क्रियाशील मजदुरको स्वास्थ्य जोखिम हुने हुँदा उनीहरुलाई स्यानिटाइजर, पञ्जालगायत व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा संयोजक सुमिरा श्रेष्ठले कोभिड–१९ का कारण अहिले भइरहेको लकडाउनमा यस्ता मजदुर तथा आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई जीविकोपार्जनमा समस्या रहेकाले आफ्नो संस्थाले सहयोग गरेको बताए।

आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्दै जाने उनले प्रतिबद्धता व्यक्त गरे । स्थानीय तहले राहत वितरण गरेको भए पनि लक्षित वर्गसम्म पुग्न नसकेको गुनासो आएको छ । पछिल्लो समय विभिन्न धार्मिक सङ्घसंस्था तथा समाजसेवीले यस्ता वर्गलाई सहयोग गर्ने उद्देश्यले निःशुल्क भोजनको व्यवस्थासमेत गरेका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ९ : ५२ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका