काठमाडौं- नेपाली सेनाका दुई जना सैनिक जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले दुई जना सैनिक जवानमा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । सहप्रवक्ता डा अधिकारीका अनुसार उनीहरुको उमेर ५२ र २६ वर्ष रहेको छ ।
स्वास्थ्य मन्त्रालयले शनिबार दिउँसो नियमित पत्रकार सम्मेलनमा पुष्टि गरेका दुबै जना सैनिक जवान रहेको खुलेको छ ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले प्रदेश २ को मध्येपुर्वी पृतनाका कार्यरत दुई जना सैनिक जवानमा कोरोना संक्रमण पुष्टि भएको बताउँदै उनीहरुलाई एम्बुलेन्सबाट काठमाडौंको शशस्त्र प्रहरीको अस्पतालमा ल्याउन लागिएको जानकारी दिए ।
प्रतिक्रिया