चीनमा फेरि देखियो कोरोनाको संक्रमण, ८ जना संक्रमित | Khabarhub Khabarhub

चीनमा फेरि देखियो कोरोनाको संक्रमण, ८ जना संक्रमित


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले आफ्नो मुलुकमा कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा गरेको एक महिना नबित्दै त्यहाँ फेरि संक्रमण देखिन थालेको छ ।

कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहानमा गत अप्रिल ३ तारिखयता यही २५ अप्रिलमा १४ जनामा संक्रमण देखिएकोमा शनिवार  फेरि ८ जना नयाँ संक्रमित देखिएका छन् ।

योसँगै त्यहाँ संक्रमित हुनेको कुल संख्या ८२ हजार ९४१ पुगेको छ । यसअघि शुक्रबार पनि त्यहाँ ४ जनामा संक्रमण देखिएको थियो ।

चीनमा अहिलेसम्म ७८ हजार २१९ जना संक्रमण मुक्त भएका छन् भने ८९ जना संक्रमितको उपचार भइरहेको छ ।

चीनमा ४ हजार ६३३ जनाको कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भएको छ।

अप्रिल महिना यता नयाँ संक्रमित देखिएपछि चीनले वुहानका सबै बासिन्दाको कोरोना भाइरसको परीक्षण गरिरहेको छ ।

कोरोना भाइरसको उद्भव मानिएको चीनको वुहानमा गत वर्षको डिसेम्बर ३१ देखि संक्रमण फैलिएको थियो ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ६ : ०१ बजे

सुरक्षा व्यवस्था बुझ्न मधेस जाँदैछन् गृहसहित ३ मन्त्री

काठमाडौँ– सोमबार नेपाल सरकारका तीनमन्त्री र एक सचिव मधेसको सुरक्षा

हायात होटल बन्द गर्ने निर्णयप्रति ट्रेड युनियन समन्वय केन्द्रको आपत्ति

काठमाडौं- काठमाडौंको होटल हायात रिजेन्सी अनिश्चितकालिन बन्द गर्ने निर्णयप्रति संयुक्त

एल क्लासिकोमा रियल म्याड्रिड विजयी, बार्सिलोना स्तब्ध

काठमाडौं – स्पेनको चर्चित फुटबल प्रतिस्पर्धा ‘एल क्लासिको’मा रियल म्याड्रिडले

हिमाली क्षेत्रको यात्रामा निस्कनुअघि मौसमबारे जानकारी लिन अनुरोध

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमाली तथा

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध बिहीबार सुनुवाइ

काठमाडौँ– विभिन्न देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा