कोरोना संक्रमणले मृत्यु भएमा शव व्यवस्थापन कसरी हुन्छ ? यस्तो छ कार्यविधि | Khabarhub Khabarhub

कोरोना संक्रमणले मृत्यु भएमा शव व्यवस्थापन कसरी हुन्छ ? यस्तो छ कार्यविधि


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपालमा २८१ जना संक्रमित भएका छन् । जसमध्य एक जनाको मृत्यु भएको छ भने अन्य ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यदि कोरोनाका कारण कसैको ज्यान गएमा कसरी सावधानी अपनाएर शव व्यवस्थापन गरिन्छ भन्ने बारे स्वास्थ्य मन्त्रालयले कार्यविधि तयार पारेको छ । शवको सदगतको क्रममा विशेष सावधानी अपनाउनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

यस्तो छ कार्यविधि-

१) शव लिन जानुपूर्व शवबाहनका चालक तथा कर्मचारीहरुले पीपीईको प्रयोग गर्नुपर्छ ।

२) मृतकको कुलधर्मअनुसार शवको सम्मान गर्दै निजका उपस्थित आफन्तहरुसमेतलाई सुरक्षित राख्नुपर्छ ।

३) कोरोनाको कारण मृत्यु भएकाको शव जथाभावी सदगत गर्नुहुँदैन ।

४) शवलाई अस्पताल–घरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सदगद गर्ने व्यक्तिहरु र सदगतमा सहभागी हुने मृतकका आफन्तजनले पञ्जा, चस्मा, टोपी, मास्कसहितको पीपीई प्रयोग गर्नुपर्दछ ।

५) शवलाई कमभन्दा कम चलाउनुपर्छ ।

६) शवमा लागेका पाइप, केथेटरलगायतका सामग्रीहरु हटाइदिनुपर्छ ।

७) शवको कुनै भागबाट श्राव भइरहेको भए त्यस भागलाई होसियारीपूर्वक बन्द गर्नुपर्दछ ।

८) शव अन्तिम संकार गर्ने स्थलतर्फ लैजान साधारण शवबाहनको प्रयोग गर्न सकिनेछ ।

९) शवलाई सफा गर्नु आवश्यक छैन ।

१०) शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा पु¥याउनुपर्छ ।

११) शवको शरीरको कुनै भागबाट श्राव भएमा बाहेक शव राख्न विशेष व्यागको आवश्यकता पर्ने छैन ।

१२) ६० वर्षभन्दा माथिका व्यक्तिहरु र दीर्घरोगीहरुलाई शवको नजिक जानबाट रोक्नुपर्छ ।

१३) सदगत गर्नुपूर्व आफ्नो कुल परम्पराअनुसार शवलाई नछोइकन जल छर्कने, पाठ गर्ने तथा फूलमाला चढाउने जस्ता क्रियाकलापहरु गर्न सकिनेछ ।

१४) मृतकका आफन्तले शव हेर्न चाहेमा शवलाई नछोइकन कम्तिमा एक मिटर टाढाबाट एक एक जनालाई पालैपालो गरी हेर्न दिन सकिनेछ ।

१५) कोरोनाले मृत्यु भएको व्यक्तिको सामान्यतया पोस्टमार्टम गर्नु पर्दैन । यदि गर्नुपरेमा मृतकको फोक्सो तथा अन्य अंगहरुमा जिवाणु जिउँदै हुन सक्ने हुनाले होसियारी अपनाउनुपर्छ ।

१६) यथेष्ट भेन्टिलेसनको व्यवस्था भएको कोठामा मात्र न्युन स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक पीपीई प्रयोग गरेर पोष्टमार्टम गर्नु पर्दछ ।

१७) कोरोनाका कारण मृत्इु भएका व्यक्तिको शव रहेको शव गृहमा उपयुक्त प्रकाश भेन्टिलेसन र सरसफाईको व्यवस्था गर्नु पर्दछ ।

१८) पोष्टमार्टम सकिने वित्तिकै प्रयोग गरेका सामग्रीहरु राम्रोसँग सफा गर्नुपर्दछ ।

१९) स्वास्थ्य सामग्रीहरुको सावधानीपूर्वक डिस्पोज गर्नुपर्दछ ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ६ : ३३ बजे

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन प्रधानमन्त्री आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जिल्लाहरूमा भारीदेखि अति

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै समीक्षाले भनिन् : महेश बस्नेतले मेरो चरित्र हत्या गरे

काठमाडौं – गायिका समीक्षा अधिकारीले नेकपा(एमाले)का नेता महेश बस्नेतले आफ्नो

एक सातामा ८८ हजारभन्दा बढी अफगानी इरानबाट स्वदेश फिर्ता

काबुल – अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)लाई उद्धृत गर्दै खामा प्रेसले

मुलुकले जबजका सिद्धान्त पालना गरिरहेको छः महासचिव पोखरेल

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले मुलुक

कमल थापाले भने : राजा फर्काउने आन्दोलन पुनः सुरु हुन्छ

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले