बार्सिलोनाको टिमसँग विश्वस्त हुन सकेका छैनन् सेटिन « Khabarhub

बार्सिलोनाको टिमसँग विश्वस्त हुन सकेका छैनन् सेटिन


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यही वर्षको जनवरीमा बार्सिलोनाको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका क्विकी सेटिन आफ्नो टिमसँग विश्वस्त हुन सकिरहेका छैनन् ।

लास पल्मास र रियल बेटिसमा मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाली सकेका सेटिन बार्सिलोनाका पूर्व प्रशिक्षक एर्नेस्टो भाल्भार्देलाई क्लबले बर्खास्त गरेपछि बर्नबेउ आएका हुन् ।

‘हामीसँग भएको टिमसँग कुनै शंका छैन तर, हामीले यो सिजनमा सबै ठाउँमा राम्रो गर्नेमा शंका छ, हामी आफ्नो खेल शैलि परिवर्तन गछौं,’ कप्तान लियोनल मेस्सीले एक अन्तरवार्तामा भने, ‘म भाग्यमानी छु । कि मैले हरेक सिजनको च्याम्पियन्स लिग खेल्ने अवसर पाइरहेको छु । तर, यहिँ खेलले तपाईले जित्न सक्नु हुन्न् ।’

क्याम्प नाउ आएपछि सेटिनले राम्रो फुटबल खेलाउने बचन दिएका थिए । तर, मेस्सीको उक्त अभिव्यक्तिले बार्सिलोनामा सेटिनको शैलिमा फुटबल अगाडि बढ्न सकेको छैन ।

सेटिन प्रशिक्षक भएर आइसेकपछि बार्सिलोनाले १२ खेल खेलेको छ । जसमा ८ खेलमा जीत ३ खेलमा बराबरी र १ खेलमा हार व्येहोरेको छ । तर, जीत हात पारेका ८ मध्ये ६ खेल १ गोल अन्तरले मात्रै जीतेको छ ।

बार्सिलोनाले खेलेको बराबरी मध्येको एक खेल च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा हो ।

जसमा बार्सिलोनाले नेपोलीसँग बराबरी खेलेको थियो । उक्त खेलमा सेटिनले आफु र आफ्ना कप्तानलाई प्रमाणित गर्ने खेलका रुपमा थियो ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ८ : ३० बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।