बार्सिलोनाको टिमसँग विश्वस्त हुन सकेका छैनन् सेटिन « Khabarhub

बार्सिलोनाको टिमसँग विश्वस्त हुन सकेका छैनन् सेटिन


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यही वर्षको जनवरीमा बार्सिलोनाको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका क्विकी सेटिन आफ्नो टिमसँग विश्वस्त हुन सकिरहेका छैनन् ।

लास पल्मास र रियल बेटिसमा मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाली सकेका सेटिन बार्सिलोनाका पूर्व प्रशिक्षक एर्नेस्टो भाल्भार्देलाई क्लबले बर्खास्त गरेपछि बर्नबेउ आएका हुन् ।

‘हामीसँग भएको टिमसँग कुनै शंका छैन तर, हामीले यो सिजनमा सबै ठाउँमा राम्रो गर्नेमा शंका छ, हामी आफ्नो खेल शैलि परिवर्तन गछौं,’ कप्तान लियोनल मेस्सीले एक अन्तरवार्तामा भने, ‘म भाग्यमानी छु । कि मैले हरेक सिजनको च्याम्पियन्स लिग खेल्ने अवसर पाइरहेको छु । तर, यहिँ खेलले तपाईले जित्न सक्नु हुन्न् ।’

क्याम्प नाउ आएपछि सेटिनले राम्रो फुटबल खेलाउने बचन दिएका थिए । तर, मेस्सीको उक्त अभिव्यक्तिले बार्सिलोनामा सेटिनको शैलिमा फुटबल अगाडि बढ्न सकेको छैन ।

सेटिन प्रशिक्षक भएर आइसेकपछि बार्सिलोनाले १२ खेल खेलेको छ । जसमा ८ खेलमा जीत ३ खेलमा बराबरी र १ खेलमा हार व्येहोरेको छ । तर, जीत हात पारेका ८ मध्ये ६ खेल १ गोल अन्तरले मात्रै जीतेको छ ।

बार्सिलोनाले खेलेको बराबरी मध्येको एक खेल च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा हो ।

जसमा बार्सिलोनाले नेपोलीसँग बराबरी खेलेको थियो । उक्त खेलमा सेटिनले आफु र आफ्ना कप्तानलाई प्रमाणित गर्ने खेलका रुपमा थियो ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ८ : ३० बजे

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका