एसइई प्रश्नपत्र आउट प्रकरण– शिक्षामन्त्री पोखरेलको राजीनामा माग « Khabarhub

एसइई प्रश्नपत्र आउट प्रकरण– शिक्षामन्त्री पोखरेलको राजीनामा माग


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– विभिन्न दल समर्थित विद्यार्थी संगठनहरुले माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रश्नपत्र आउट भएको विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलेको राजीनामा माग गरेका छन् ।

३ ओटा अखिल क्रान्तिकारी, अखिल नेपाल विद्यार्थी युनियन, अनेरास्ववियू (पाँचौं) समाजवादी विद्यार्थी फोरम, राष्ट्रिय विद्यार्थी संघ, नयाँ शक्ति विद्यार्थी युनियन, राष्ट्रवादी विद्यार्थी संघ र नेपाल आदिवासी जनजाति विद्यार्थी संघले शिक्षामन्त्री पोखरेलको राजीनामा माग गरेका हुन् ।

एसइई परीक्षाको प्रश्नपत्र त्रुटिपूर्ण हुनु गम्भीर लापरवाही र प्रश्नपत्र आउट हुनु सरकारको गैरजिम्मेवारीपन भएको विद्यार्थी संगठनहरुको भनाइ छ ।

यस्तो कार्यले लाखौं विद्यार्थीको भविष्यमाथि ठूलो खेलवाड भएको उनीहरुको भनाइ छ ।

प्रश्नपत्रमा त्रुटी हुनु र परीक्षा अगावै प्रश्नपत्र आउट हुने जस्ता घटनाका कारण शिक्षामन्त्री पोखरेलले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने विद्यार्थी संगठनहरुको माग छ ।

साथै प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नलाई कडा कारबाही गर्न विद्यार्थी संगठनले माग गरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ६ : ०६ बजे

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।