म्याग्दीमा चौसठ्ठी प्रतिशत निजी आवास पुनःनिर्माण « Khabarhub

म्याग्दीमा चौसठ्ठी प्रतिशत निजी आवास पुनःनिर्माण


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीमा चौसठ्ठी प्रतिशत भूकम्पपीडितले निजी आवास पुनःनिर्माण गरेका छन् ।

विक्रम संवत् २०७२ वैशाखको भूकम्पका कारण घर भत्किएर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्झौता गरी पहिलो किस्ता अनुदान लगेकामध्ये हालसम्म ५१५ जनाले आवास पुनःनिर्माण गरेका हुन् ।

प्राधिकरणको जिल्ला आयोजना कार्यान्वय एकाइका अधिकृत यज्ञप्रसाद रिजालले ८०१ लाभग्राहीले रु ५० हजारका दरले पहिलो किस्ता अनुदान लगेका जानकारी दिए ।

५८४ जनाले दोस्रो किस्ता लगेका छन् । पहिलो किस्ता लगेकामध्ये दुई जनाले अनुदान फिर्ता गरेका छन् ।

२१७ जना दोस्रो किस्ता लिन नआएका रिजालले बताउनुभयो । भूकम्पबाट कम प्रभावित जिल्लाको सूचीमा पर्ने म्याग्दीमा विसं २०७३ चैतदेखि सम्झौता र २०७४ मङ्सिरदेखि पीडितको खातामा अनुदान पठाएर निजी आवास पुनःनिर्माण शुरु गरिएको थियो ।

दोस्रो किस्तावापत एक लाख ५० हजार र भवन बनाएपछि अन्तिम किस्तावापत एक लाख अनुदान उपलब्ध गराउने व्यवस्था छ ।

प्राविधिक आउनुअघि बनेका १४२ घरका धनीलाई एकमुष्ट रु दुई लाख ५० हजारका दरले भुक्तानी गरेपछि पुनःनिर्माणको प्रगति ह्वात्तै बढेको हो ।

उनीहरुले यसअघि रु ५० हजारका दरले अनुदान लगेका थिए । छुट तथा पुनः सर्वेक्षणबाट १८० लाभग्राही कायम भएका छन् ।

७० प्रवलीकरण र ११० जना नियमित गर्नुपर्ने लाभग्राही हुन् । उनीहरुमध्ये १४० जनासँग सम्झौता भएको छ ।

विसं २०७३ पुसमा इञ्जीनियर परिचालन गरेर एक हजार ३५० घर सर्वेक्षण गरिएको थियो । ८४८ लाभग्राही पहिचान भएका थिए ।

पहिलो किस्ता लगेर घर पुनःनिर्माण शुरु गरी दोस्रो किस्ता लिनै नआएका लाभग्राहीका कारण पुनःनिर्माणमा चुनौती देखिएको छ ।

पुनःनिर्माण नगर्नेलाई अनुदान फिर्ता गर्न स्थानीय तहमार्फत ताकेता गरिएको छ । प्राधिकरणले लाभग्राहीका लागि पुनःनिर्माण र अनुदान लिने शर्तसहितको नयाँ समय तालिका जारी गरेको छ ।

चालु आवको असार मसान्तसम्म दोस्रो किस्ता लिनुपर्ने समय तोकिएको छ । २०७७ मङ्सिरसम्म अन्तिम किस्ता लिइसक्नुपर्ने समयसीमा बनाएको छ ।

भूकम्पले चर्किएको पहाड खसेर पुरिएको रघुगङ्गा गाउँपालिका–२ र अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने बैसरीलाई जोखिम बस्ती पहिचान गरी अन्यत्र जग्गा नभएका तीन घरधुरीलाई जग्गा खरिदका लागि थप रु दुई लाख उपलब्ध गराइएको छ ।

प्राधिकरणमार्फत सञ्चालित १८.५४ किलोमिटर दूरीको घारखोला–चित्रे सडक स्तरोन्नति आयोजनाको हालसम्म ३८.२५ प्रतिशत भौतिक प्रगति भएको छ ।

पोखरेबगर–पाउद्धार सडकअन्तर्गत घारखोलामा मोटरेबल पुल निर्माणका लागि हालै ठेक्का सम्झौता भएको छ ।

 

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ११ : ३० बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन