प्रेस लेखेको बाइकमा हातहतियार बोकेर हिँड्ने पक्राउ « Khabarhub

प्रेस लेखेको बाइकमा हातहतियार बोकेर हिँड्ने पक्राउ


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनको बेला प्रेस लेखेको बाइकमा हातहतियारसहित हिँड्ने २ जना पक्राउ परेका छन् ।

सर्लाहीमा मोटरसाइकलमा प्रेस लेखेर हातहतियारसहित हिँड्ने २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

शनिबार साँझ साढे तीन बजे बिष्णु गाउँपालिका ३ विश्वनाथ टोलस्थित बांसघारीमा भारतीय नम्वरप्लेट बीआर ३० एम ६७८७ मोटरसाइकलमा आएका दुई जनामाथि प्रहरीले जाँच गरेको थियो। उनीहरूबाट प्रहरीले हातहतियार बरामद गरेको हो।

सोही गाउँपालिकाका २५ वर्षीय मदन साह र भारत सितामढी ग्राम मरहाडिह १ का १९ वर्षीय अनिष साह पक्राउ परेका हुन्।

उनीहरूबाट प्रहरीले थ्री फिप्टी सानो पेस्तोल एक थान, म्यागजिन एक थान, पाँच राउण्ड गोली बरामद गरेको हो। साथै उनीहरूको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।

यसअघि पनि उनीहरू चोरीको मुद्दामा पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदन कुँवरले जानकारी दिए। उनिहरूमाथि थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  १ : ४० बजे

इजरायली आक्रमणमा मारिए लेबनानी सिभिल डिफेन्सका सदस्य

बेरूत- लेबनानको दक्षिणी क्षेत्रमा इजरायली हवाई हमलामा लेबनानी सिभिल डिफेन्सका

होर्मुज स्ट्रेटबाट पहिलो ट्यांकर दक्षिण कोरिया पुग्यो, १० सातादेखि फसेका भारतीय नाभिकको बिलौना

सोल- होर्मुज स्ट्रेट हुँदै गुज्रिएको एक तेल ट्यांकर दक्षिण कोरिया

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौं–  एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३ रनको

बागलुङका एक लाख ३६ हजार पशुलाई खोप

गलकोट– बागलुङका ६ स्थानीय तहका एक लाख ३६ हजार ७८१

लेबनानमा दशलाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिवका लागि प्रवक्ता स्टेफन डुजारिकले लेबनानमा दश