प्रेस लेखेको बाइकमा हातहतियार बोकेर हिँड्ने पक्राउ | Khabarhub Khabarhub

प्रेस लेखेको बाइकमा हातहतियार बोकेर हिँड्ने पक्राउ


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनको बेला प्रेस लेखेको बाइकमा हातहतियारसहित हिँड्ने २ जना पक्राउ परेका छन् ।

सर्लाहीमा मोटरसाइकलमा प्रेस लेखेर हातहतियारसहित हिँड्ने २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

शनिबार साँझ साढे तीन बजे बिष्णु गाउँपालिका ३ विश्वनाथ टोलस्थित बांसघारीमा भारतीय नम्वरप्लेट बीआर ३० एम ६७८७ मोटरसाइकलमा आएका दुई जनामाथि प्रहरीले जाँच गरेको थियो। उनीहरूबाट प्रहरीले हातहतियार बरामद गरेको हो।

सोही गाउँपालिकाका २५ वर्षीय मदन साह र भारत सितामढी ग्राम मरहाडिह १ का १९ वर्षीय अनिष साह पक्राउ परेका हुन्।

उनीहरूबाट प्रहरीले थ्री फिप्टी सानो पेस्तोल एक थान, म्यागजिन एक थान, पाँच राउण्ड गोली बरामद गरेको हो। साथै उनीहरूको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।

यसअघि पनि उनीहरू चोरीको मुद्दामा पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदन कुँवरले जानकारी दिए। उनिहरूमाथि थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  १ : ४० बजे

विपन्नलाई निःशुल्क दाँतको ‘इम्प्लान्ट’

चितवन–  यहाँको डा अजय एण्ड डा सरु फाउन्डेसन र बायोहोराइजनको सहयोगमा

प्रि-ओपन सेसन अपडेड : नेप्से झिनो अंकले बढ्यो

काठमाडौं– आइतबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.४८ अंकले

शिव श्री हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने 

काठमाडौं– शिव श्री हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको

सुनको मूल्य तोलामै ७०० रुपैयाँले घट्यो, चाँदीको कति ? 

काठमाडौं– आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न

छ्याङ्दी हाइड्रोपावरको शेयर लिलामीमा प्रतिकित्ता २६६ रुपैयाँले बिक्री

काठमाडौं– छ्याङ्दी हाइड्रोपावर लिमिटेडको बिक्री नभएको हकप्रद शेयर लिलामी प्रक्रियाबाट