बाटो खुलाउन गएका तीन सैनिक घाइते | Khabarhub Khabarhub

बाटो खुलाउन गएका तीन सैनिक घाइते


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङमा केही दिन यता अवरुद्ध सडक खुलाउन गएका तीन सैनिक जवान सुख्खा पहिरो खस्दा घाइते भएका छन् । काठेखोला गाउँपालिका–८ लेखानीदेखि वडा नं ५ कर्लिम जाने सडक खुलाउन गएका तीन सैनिक जवान घाइते भएका हुन् ।

सडक तीन दिनदेखि अवरुद्ध थियो । स्थानीयको आग्रहपछि सेनाको टोली बाटो खुलाउन त्यसतर्फ गएको थियो । सेनाको अर्जुनबाँण गणबाट खटिएको टोलीका तीन जवान पहिरो खस्दा घाइते भएको गणपति भुवनराज देवकोटाले जानकारी दिए ।

घाइते भएका पहलमान श्रेष्ठ र सन्तोष कार्कीलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । अर्का घाइते एक जनाको भने नाम खुलाइएको छैन ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ६ : ५५ बजे

राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जाँदै

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा जाँदैछन्। दोहामा

भारतले गर्‍यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण

नयाँ दिल्ली : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले सीएमएस-०३

पश्चिमी वायुको प्रभाव कायमै : कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौं – नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक १७ गते सोमबार। कात्तिक