चिकित्सकको उच्च टोली बाह्रबिसे जाँदै | Khabarhub Khabarhub

चिकित्सकको उच्च टोली बाह्रबिसे जाँदै


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कोरोना भाइरसबाट मृत्यु भएकी महिलाको गाउँमा सिन्धुपाञ्चोकको बाह्रबिसे नगरपालिकामा चिकित्सकको टोली पठाइरहेको छ ।

नेपालमा पहिलोपटक कोभिड–१९ को सङ्क्रमणबाट महिलाको मृत्यु भएपछि त्यसबारे अध्ययन अनुसन्धान र सङ्क्रमण फैलिन नपाओस् भनेर चिकित्सकको टोली पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्रदेश र जिल्लाबाट चिकित्सकको टोली त्यहाँ पुगिसकेको छ भने सङ्घका दुई टोली पनि त्यहाँ आजै पुग्दैछन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले डा पुमा थापाको नेतृत्वमा तीन सदस्यीय विज्ञसहित चिकित्सकको टोली त्यसतर्फ आज पठाउन थालिएको जानकारी दिए ।

शुक्रबार बाह्रबिसे नगरपालिकाकी २९ वर्षीया महिलाको कोभिड–१९ को कारणले नेपालमा पहिलोपटक निधन भएको थियो । डा अधिकारीका अनुसार केहीबरेमा उक्त टोली आवश्यक सामग्री लिएर जाँदैछ ।

यसैगरी सङ्घबाट वाग्मती प्रदेशमा खटिएका डा राधिका थपलिया र डा झलक शर्मा गौतमको दुई चिकित्सकको टोली पनि आज त्यसतर्फ जाँदैछ । डा थपलियाले मृतकको गाउँ पुगेर कस्तो अवस्था रहेको छ भनेर अनुसन्धान गर्ने बताए ।

“हामी त्यहाँ पुगेर वस्तुस्थितिका बारेमा अध्ययन गर्दछौँ, त्यहाँको प्राथमिक स्वास्थ्य केन्द्रले कसरी काम गरिरहेको छ, बाह्रबिसे नगरपालिकाका प्रमुख र उपप्रमुखसँग पनि बसेर त्यहाँको स्थिति पत्ता लगाउँछौँ”, उनले भने ।

यसअघि उक्त ठाउँमा वाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले पनि डा पुरुषोत्तम सेढाईँको नेतृत्वमा टोली आजै पठाइसकेको छ । जिल्लाबाट पनि मृतकको गाउँमा टोली कन्ट्याक्ट ट्रेसिङका लागि पुगिसकेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  २ : ३८ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा