इजरायलस्थित चिनियाँ राजदूत ‘घरभित्रै मृत अवस्थामा’ फेला « Khabarhub

इजरायलस्थित चिनियाँ राजदूत ‘घरभित्रै मृत अवस्थामा’ फेला


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इजरायलस्थित चिनियाँ राजदूत दु वेइ राजधानी तेल अभिभको हेर्जलिया उपनगरमा रहेको आफ्नै आवासगृहमा मृत अवस्थामा भेटिएका छन् ।

५८ वर्षीय उनी आफ्नै ओछ्यानमा मृत भेटिएको तर मृत्युको कारण नखुलेको इजरायलका सञ्चार माध्यमहरूले जनाएका छन्।

युक्रेनमा चिनियाँ दूतको रूपमा काम गरेका उनी गत फेब्रुअरी महिनामा राजदूत नियुक्त भएका थिए। उनी विवाहित थिए र उनका एकजना छोरा पनि छन्। तर उनको परिवार इजरायलमा नरहेको बताइएको छ । चीनले उनको मृत्युको पुष्टि गरेको छैन।

इजरायल प्रहरीका एकजना प्रवक्ताले समाचार संस्था रोयटर्सलाई भने, “नियमित प्रक्रियाअनुसार प्रहरी टोली घटनास्थलमा छन्।”

इलरेलको च्यानल १२ टीभीले नाम नखुलाइएको सूत्रलाई उद्धृत गर्दै उनको मृत्यु प्राकृतिक कारणहरूले गर्दा भएको प्रारम्भिक सङ्केतले देखाएको उल्लेख गरेको छ।

उनको नियुक्ति लगत्तै राजदूतावासको वेबसाइटमा सार्वजनिक गरिएको सन्देशमा राजदूत दुले ‘विश्वकै दोस्रो ठूलो अर्थतन्त्र र इजरायलबीचको सम्बन्धको’ प्रशंसा गरेका थिए।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ४ : २४ बजे

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

बागमती– साल्ट ट्रेडिङ कर्पोरेशन, मकवानपुरले अघिल्लो आर्थिक वर्षमा कृषकलाई १७

करेन्ट लागेका बालकलाई प्राधिकरणले दियो १५ लाख ७१ हजार क्षतिपूर्ति

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) त्रिवेणी गाउँपालिका–२ घुसेनीमा

स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्यांकर इरानी नियन्त्रणमा

एजेन्सी– इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स (आइआरजिसी) ले तीन वटा

देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु

काठमाडौं– देशका विभिन्न भागमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परी

सांघाई एआई सम्मेलन : टेबल टेनिस खेल्नेदेखि चिया बनाउनेसम्म रोबोट आकर्षणको केन्द्र

सांघाई– चीनको पूर्वी सहर सांघाईमा २०२६ विश्व कृत्रिम बुद्धिमत्ता (एआई)