कोरोना भाइरसबाट दोस्रो व्यक्तिको मृत्यु, बाँकेका युवामा पनि कोरोना पुष्टि | Khabarhub Khabarhub

कोरोना भाइरसबाट दोस्रो व्यक्तिको मृत्यु, बाँकेका युवामा पनि कोरोना पुष्टि


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको छ ।

आज विहान बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा उनको मृत्यु भएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नैरानपुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका एक जना पुरुषको मृत्यु भएको हो ।

मृत्यु भएका ब्यक्तिको स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रलायका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिएका हुन् ।

प्रवक्ता डाक्टर देवकोटाका अनुसार उनी बाँकेको नरैनापुर ५ का २५ वर्षीया युवा हुन् । उनी गत बैशाख ३० गते भारतबाट नेपाल आएका थिए ।

यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ । यसअघि शनिबार सिन्धुपाल्चोककी एक महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो ।

 

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ४ : ४० बजे

नेपाल भौगर्भिक समाजको अध्यक्षमा खतिवडा निर्वाचित

काठमाडौं– नेपाल भौगर्भिक समाजको अध्यक्षमा भाष्कर खतिवडा निर्वाचित भएका छन्

सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ

सुनसरी– सुनसरी कारागारको पर्खाल नाघेर भागेका एक जना फरार कैदी

बीपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालनमा रोक

काभ्रे– बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी

साँफे–मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा– अविरल वर्षाका कारण बाजुरा जिल्ला सदरमुकाम जोड्ने साँफे– मार्तडी

बलिउडका धेरै नायक असभ्य भएको कंगनाको आरोप

काठमाडौं – बलिउडकी अभिनेत्री तथा राजनीतिज्ञ कंगना रनौतले पुनः एकपटक