कोरोनाले मृत्यु भएकी महिलाको सम्पर्कमा रहेकाहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ जारी « Khabarhub

कोरोनाले मृत्यु भएकी महिलाको सम्पर्कमा रहेकाहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ जारी


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड १९ का कारण ३९ वर्षीया महिलाको मृत्यु भएपछि उनको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी कार्य जारी रहेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको संयोजकत्वमा त्रिवि शिक्षण अस्पतालको कम्युनिटि मेडिसिन युनिट, धुलिखेल अस्पतालको कम्युनिटि मेडिसिन युनिटले कन्ट्याक्ट ट्रेसिङको काम गरिरहेको छ ।

डा देवकोटाका अनुसार मृतक संक्रमित महिलाको सम्पर्कमा आएका व्यक्तिको नमूना संकलनको काम समेत शुरु भएको छ । डा देवकोटाका अनुसार गोंगबु, माछापोखरी लगायतका क्षेत्रमा ४ सय भन्दा बढीको नमुना संकलन गरिएको छ ।

डा देवकोटाका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ सय ९१ पुगेको छ भने ३६ निको भएर डिस्चार्ज भएका छन् । यस्तै हालसम्म दुई जनाको मृत्यु भइसकेको छ ।

प्रवक्ता डाक्टर देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७ सय ६९ वटा नमूना पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ ।

पीसीआर विधिबाट २८ हजार १ सय ६० पुगेको छ भने आरडीटीबाट ६७ हजार ७ सय ७० नमूना परीक्षण भएको छ । गत २४ घण्टामा
२ हजार २० आरडीटी विधिबाट परीक्षण भएको छ ।

यस्तै देशभर १८ हजार ३ सय ५७ जना व्यक्ति क्वारेन्टाइमा रहेका छन् । यस्तै देशभरका विभिन्न अस्पतालमा ३ सय ४६ जना आइसोलेनमा रहेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ५ : १६ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी