विदेशमा अलपत्र नेपालीको उद्धार गर्न उच्चस्तरीय समितिको प्रस्ताव « Khabarhub

विदेशमा अलपत्र नेपालीको उद्धार गर्न उच्चस्तरीय समितिको प्रस्ताव


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले भारत तथा तेस्रो मुलुकमा समस्यामा रहेका नेपालीहरूको उद्धार गर्ने तयारी गरेको छ।

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा विदेशमा अलपत्र नेपालीको उद्धार गर्ने विषयमा छलफल भएको हो । उच्चस्तरीय समन्वय समितिले मन्त्रिपरिषदमा विभिन्न मुलुकमा रहेकाहरुको उद्धार गर्न प्रस्ताव गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीका अनुसार विदेशीमा रहेका नेपालीलाई स्वदेश फर्काउने मोडालिटीको विषयमा छलफल भएको हो। तर उनले तत्काल स्वादेश फर्काइनेहरूको संख्या खुलाउन चाहेनन्।

‘विदेशमा अड्किएका नेपालीलाई दैनिक कति संख्यामा र कसरी उद्दार गर्ने मोडालिटीको विषयमा समितिमा छलफल भएको छ,’ विडारीले भने ।

समितिमा भारतमा रहेका नेपालीलाई स्थलमार्ग र तेस्रो मुलुकमा रहेका नेपालीलाई हवाइमार्ग फर्काउने विषयमा छलफल भएको छ।

रोजगारी गुमाएका र विद्यार्थीहरू प्राथमिकतामा पर्ने र स्वदेश फर्केपछि क्वारेन्टाइनमा राख्ने पनि प्रस्ताव गरिएको छ। यसरी उद्धार गरेर ल्याइनेहरूलाई केहीदिन क्वारेन्टाइनमा राखिनेछ ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ७ : ०० बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र