जनस्वास्थ्य निर्देशक कार्कीमाथि भएको दुर्व्यवहारबारे छानबिन गर्न समिति गठन | Khabarhub Khabarhub

जनस्वास्थ्य निर्देशक कार्कीमाथि भएको दुर्व्यवहारबारे छानबिन गर्न समिति गठन


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको नागढुङ्गामा वाग्मती प्रदेशका जनस्वास्थ्य निर्देशक नारायण कार्कीमाथि गरिएको दुर्व्यवहारको विषयमा छानबिन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आज छानबिन समिति गठन गरेको छ ।

कार्यालयका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरको संयोजकत्वमा प्रहरी निरीक्षक विष्णुप्रदीप बस्याल सहभागी दुई सदस्यीय छानबिन समिति गठन गरिएको कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । उनका अनुसार प्रहरीको उपस्थितिमा उक्त घटना घटेको पाइए प्रहरीलाई समेत कारवाही गर्न छानबिन समिति गठन गरिएको हो ।

यसअघि कार्कीमाथि दुर्व्यवहार गरेको आरोपमा आज बिहान चन्द्रागिरि नगरपालिका–४ का उत्तम कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमा स्वयंसेवीको नाममा उनले त्यहाँ खानतलासी गरेको श्रव्यदृश्य सार्वजनिक भएको थियो । उक्त घटनाको सर्वत्र विरोध भएको थियो ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  १० : २९ बजे

गौरीघाट पुगेर राष्ट्रपति पौडेलले गरे छठ पूजा (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले छठी माताको पूजा आराधना गरेका छन्

अझै पाँच हजार कैदी कारागार बाहिरै

काठमाडौं–  ‘जेन-जी’ प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये

मोटरेबल पुल अलपत्र हुँदा अस्थायी पुलबाट यातायात सञ्चालन

म्याग्दी– मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै

मोहना घाटमा छठ पूजाको तयारी

कैलाली– छठ पूजा सेवा समिति, धनगढीले हरेक वर्ष झै यस

अर्जेन्टिनाका राष्ट्रपति मिलेईको चुनावी जितपछि सुधारको वाचा

ब्युनस आयर्स- अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले आइतबार सम्पन्न मध्यावधि आमनिर्वाचनमा