जर्मन बुन्डेसलिगामा वायर्न म्युनिखको सहज जीत « Khabarhub

जर्मन बुन्डेसलिगामा वायर्न म्युनिखको सहज जीत


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुन्डेसलिगा फुटबलमा वायर्न म्युनिखले युनियन बर्लीनलाई २ -० ले हराउँदै आफूलाई शीर्ष स्थानमा कायमै राखेको छ ।

बर्लीनको मैदानमा वायर्नलाई जीत दिलाउन रोबर्टो लेवान्डोस्की र बेन्जामिन पाभर्डले एक/एक गोल गरे ।

बर्लीनविरुद्ध वायर्नले १८ औं मिनेटमा गोल गरेको थियो । तर, थोमस मुलरको उक्त गोललाई रेफ्रीले भीएआरको सहायताले अफसाइड दिए ।

त्यसपछि खेलको ४० औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै वायर्नलाई अग्रता दिलाए ।

पहिलो हाफमा झिनो अग्रता बनाएको वायर्नले दोस्रो हाफमा थप एक गोल गरेको थियो । खेलको ८१ औं मिनेटमा पाभर्डले हेडमार्फत गोल गर्दै वायर्नलाई २-० को जीत दिलाए ।

जीतसँगै वायर्नले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । वायर्नको २६ खेलबाट ५८ अंक रहेको छ भने। दोस्रो स्थानको बोरुसिया डर्टमण्डको ५४ अंक रहेको छ ।

पराजित बर्लीन भने ३० अंकका साथ १२ औं स्थानमा रहेको छ । आइतबार नै भएको लिगको अर्को खेलमा खेलमा मैन्ज र क्लोनले २-२ गोलको बराबरी खेलेका छन् ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ५ : ५८ बजे

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका

सम्पत्ति जाँचबुझ आयोगको संयोजक बनेका भण्डारी को हुन् ?

काठमाडौं– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च

अमेरिका – इरान वार्ताका लागि पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

जेद्दाह – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित

मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो

तनहुँ – तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख