कोरोना संक्रमितको संख्या अमेरिकापछि रुसमा धेरै, २ लाख ८१ हजारमा संक्रमण « Khabarhub

कोरोना संक्रमितको संख्या अमेरिकापछि रुसमा धेरै, २ लाख ८१ हजारमा संक्रमण


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुसमा २ लाख ८१ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् ।

संक्रमित हुनेको यो संख्या युरोपकै सबैभन्दा धेरै र विश्वमा अमेरिकापछिको दोस्रो हो । १५ दिनअघिसम्मै संक्रमितको संख्या १ लाखभन्दा तल रहेको रुसमा योबीचमा संक्रमित संख्या दैनिक औषत १० हजारको दरले बढ्दै २ लाख ८१ हजार ७५२ पुगेको हो ।

पछिल्लो २४ घण्टामा ९४ जनाको मृत्यु भएको भने ९ हजार ७०९ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ मृत्यु हुनेको संख्या २ हजार ६३१ पुगेको छ ।

२ लाख ११ हजार ७४८ जनाको उपचार भइरहेको छ भने ६३ हजार ३७३ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ६ : ४० बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र