धुलिखेल अस्पतालबाट ओखलढुंगा पुगेका चार जना क्वारेन्टाइनमा « Khabarhub

धुलिखेल अस्पतालबाट ओखलढुंगा पुगेका चार जना क्वारेन्टाइनमा


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा – धुलिखेल अस्पतालबाट ओखलढुंगा पुगेका चार जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

काभ्रेको धुलिखेल अस्पतालमा कोरोनाबाट एक सुत्केरी महिलाको मृत्यु भएपछि सोही अस्पतालमा उपचार गराएर ओखलढुंगा पुगेका चार जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

उनीहरु धुलिखेल अस्पतालबाट शनिबार दिउँसो एम्बुलेन्समार्फत ओखलढुंगा पुगेका थिए । उनीहरुलाई आइतबार सदरमुकामस्थित ओखलढुंगा क्याम्पस ओखलढुंगाको क्वारेन्टाइनमा पठाइएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।

जिल्लामा उच्च सतर्कता अपनाइरहेको अवस्थामा धुलिखेल अस्पतालबाट उपचार गराएर केही मानिस जिल्ला फर्केको सूचनाका आधारमा उनीहरुलाई क्वारेन्टाइन पठाइएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

क्वारेन्टाइनमा पठाइएकामा सिद्धिचरण नगरपालिका–५ मा बस्दै आएका सोलुखुम्बुको नेचासल्यानका एक बिरामी, उनका भिनाजु, माइजू र एम्बुलेन्स चालक रहेका छन् ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ९ : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै