धुलिखेल अस्पतालबाट ओखलढुंगा पुगेका चार जना क्वारेन्टाइनमा « Khabarhub

धुलिखेल अस्पतालबाट ओखलढुंगा पुगेका चार जना क्वारेन्टाइनमा


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा – धुलिखेल अस्पतालबाट ओखलढुंगा पुगेका चार जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

काभ्रेको धुलिखेल अस्पतालमा कोरोनाबाट एक सुत्केरी महिलाको मृत्यु भएपछि सोही अस्पतालमा उपचार गराएर ओखलढुंगा पुगेका चार जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

उनीहरु धुलिखेल अस्पतालबाट शनिबार दिउँसो एम्बुलेन्समार्फत ओखलढुंगा पुगेका थिए । उनीहरुलाई आइतबार सदरमुकामस्थित ओखलढुंगा क्याम्पस ओखलढुंगाको क्वारेन्टाइनमा पठाइएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।

जिल्लामा उच्च सतर्कता अपनाइरहेको अवस्थामा धुलिखेल अस्पतालबाट उपचार गराएर केही मानिस जिल्ला फर्केको सूचनाका आधारमा उनीहरुलाई क्वारेन्टाइन पठाइएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

क्वारेन्टाइनमा पठाइएकामा सिद्धिचरण नगरपालिका–५ मा बस्दै आएका सोलुखुम्बुको नेचासल्यानका एक बिरामी, उनका भिनाजु, माइजू र एम्बुलेन्स चालक रहेका छन् ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ९ : ३० बजे

बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन

नेपालगञ्ज – नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत्

विश्वकप फाइनल : यस्ता छन् मैदानभित्रका सम्भावित ब्याटल

काठमाडाैं – फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनलमा आइतबार स्पेन

झापाका किसानलाई रासायनिक मलको अभाव

झापा – धान रोपाइँको मुख्य सिजन चलिरहेका बेला झापामा रासायनिक

बागमती नदीमा घट्न थाल्यो पानीको बहाव

काठमाडौं – अहिले काठमाडौँस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको