भुवनको भ्रष्ट मति: पेशा पत्रकार भन्ने, काम ठगी र बलात्कार गर्ने | Khabarhub Khabarhub

भुवनको भ्रष्ट मति: पेशा पत्रकार भन्ने, काम ठगी र बलात्कार गर्ने


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पत्रकारको नामबाट चिनिने महेश भनिने भूवन धिताल यतिबेला प्रहरीको नियन्त्रणमा छन् । ५ जनाको सामूहिक जाहेरीबाट बाँके र दाङको सीमा क्षेत्रमा उनी पक्राउ परे । उनीमाथि लागेको कसुर हो, जबरजस्ती करणी र ठगी । उनीविरुद्ध ५ जनाको ठगीको आरोपमा मुद्दा छ भने, ३ जनाले बेग्लाबेग्लै निवेदन दर्ता गरी जबरजस्ती करणी गरेको आरोप लगाएका छन् ।

कसरी ठगिए पीडित ?

धितालले शैक्षिकस्तर कम भएका, एकल, श्रीमान विदेश भएका महिलालाई विभिन्न प्रलोवन देखाएर लुट्ने तथा बलात्कार गर्ने गरेको आरोप प्रहरीले जनाएको छ ।

शुरुमा विभिन्न बाहनामा समूहका पैसा उठाउने उनी पछि ढुकुटी खेलाउने काममा पनि सक्रिय भएका थिए । राम्रो कमाई हुन्छ भन्दै महिलालाई ढुकुटी खेलाउने काममा माहिर बनेका धितालले खाली कागजमा हस्ताक्षर गर्न लगाएर मनोमानी रकम लेख्दै ठग्ने गरेका थिए । पछि आफूले लगानी गरेको रकम नदिए पत्रिकामा नाम छपाई दिन्छु भन्दै धम्की दिने गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ ।

उनले वेईज्जत गर्छु, म पत्रकार पनि हुँ पत्रिकामा छपाइ दिन्छु, मेरो पहुँच माथी सम्म छ भन्दै डर देखाएर ३६५ प्रतिशत सम्मको व्याजदरमा रकम लगानी र असुली गर्ने गरेका थिए ।

शारीरिक शोषण अनि धम्की

उनको संगतमा पुगेका महिलालाई शारीरिक शोषण गर्ने धिताल पछि पीडित महिलालाई नै धम्क्याउने गर्दथे । पीडितले दिएको जाहेरी अनुसार प्रहरीले महिलालाई ठगी गरेको, जबरजस्ती करणी गरेको आरोप लगाउँदै आएको जाहेरीका आधारमा अनुसन्धान गरिरहेको छ । आफूविरुद्ध उजुरी परेको जानकारी पाएपछि भाग्न खोजेका उनलाई प्रहरीले दाङ र बाँकेको सीमा क्षेत्रबाट पक्राउ गरेको थियो ।

बुधबार पक्राउ परेका उनलाई जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थपेर अहिले प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

उजुरी बाहेकका आपराधिक क्रियाकलापमा पनि संलग्नता रहेको हुनसक्ने भन्दै अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

थुप्रै चेक र तमसुक बरामद

पक्राउ परेका धितालको साथबाट थुप्रो मात्रामा चेक र तमसुक बरामद भएका छन् । उनीसँग भेटिएका चेक र तमासुकले धेरै आर्थिक हिनामिना भएको हुनसक्ने आशंकामा प्रहरीले प्रमाणसहित थप अनुसन्धानका लागी सम्पती सुद्धिढीकरण विभागमा पनि पठाउने जनाएको छ।

के के भेटियो

उनको साथबाट ८२ थान चेक, १ करोड ६९ लाख चेक रकम, खाली चेक तथा ३२ वटा तमसुक बरामद भएको छ । तमसुकमा १ करोड २४ लाख रकम लिने उल्लेख छ । त्यस्ते ढुकुटी खेलाएको ४ थान रजिष्टर, ४ वटा खाली समसुक, पत्रकार परिचय पत्र, मोवाइल, सुनको औठी लगायत बरामद गरेको छ ।

त्यस्तै वा १५ च ७६६८ नं. को सेतो गाडी, भे ८ प ३९५५ नं. को स्कुटी पनि बरामद भएको छ।

 

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  १० : १९ बजे

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

नयाँदिल्ली– भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले