सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै- कोइराला | Khabarhub Khabarhub

सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै- कोइराला


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता शशांक कोइरालाले सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै भएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा बैठकको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै कोइरालाले जनताको दुःखमा सरकार संवेदनशिल हुनुको सट्टा कर्मकाण्डी शैलीमा आफ्नै गुणगान गाउँदै नीति तथा कार्यक्रम आएको बताए ।

नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी लागयतका अतिक्रमित भूमिका विषयमा नीति तथा कार्यक्रममा उल्लेख हुनु सकारात्मक भएपनि सार्थक र परिणाममूखि वार्ता गरेर उच्च स्तरबाटै समाधान खोज्नुपर्ने उनले बताए ।

सरकारले कोरोना नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेको बताएपनि खास योजनाहरु नआएको कोइरालाको आरोप छ ।

दैनिक ज्यालादारीमा काम गर्दै आएका नागरिकको राहत वितरणमा संवेदनशिल हुँदै विदेशमा अलपत्र परेका नागरिकलाई सुरक्षित तवरले घर फर्काउन उनले आग्रह गरे ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  १२ : ३६ बजे

सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने

काठमाडौं – सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना

सभापति देउवाद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन

बैंककमा पनि मनाइयो २१२औँ भानु जयन्ती

काठमाडौं– २१२ औँ भानु जयन्तीको विशेष अवसर पारेर आज आइतबार

गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा

काठमाडौं– गैरआवासीय नेपाली सङ्घको ‘डा बद्री केसी समूह’ सङ्घको १२औँ महाधिवेशन