कालीमाटी तरकारी बजारमा गरिएको कोरोना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ « Khabarhub

कालीमाटी तरकारी बजारमा गरिएको कोरोना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत बिहीबार कालीमाटी तरकारी बजारमा गरिएको कोरोना परीक्षण सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका चिकित्सक र स्वास्थ्यकर्मीको टिमले नमुना संकलन गरेको थियो ।

जसमा ७ सय जनाको आरडीटी र ३ सय ३४ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

कालीमाटीमा कोरोना पीसीआर र आरडीटी एक हजार ३४ जनाकै रिपोर्ट नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेब पाण्डेले जानकारी दिए । उनले भने “गत बिहीबार कालीमाटीमा लिएको नमुनाको सबैको रिपोर्ट नेगेटिभ आएको छ ।”

त्यसैगरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पाण्डेकाअनुसार गत शुक्रबार टेकुमा महानगरका सफाई कर्मचारीलगायतका ७ सय ३१ जनाको नमुना संकलन गरिएको थियो । जसमा आरडीटीमा केहीको पोजेटिभ देखिएको थियो पुनः पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको उनले बताए ।

काठमाडौं उपत्यकामा संक्रमण बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा गत बिहीबार परीक्षण सुरु गरेको थियो ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  २ : २२ बजे

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखले बनाए शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित