बाँकेमा ४७ सहित ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या ३५७ पुग्यो « Khabarhub

बाँकेमा ४७ सहित ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या ३५७ पुग्यो


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाँकेमा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाँकेसँगै मोरङ, गुल्मी, रौतहट, दाङमा थपिएका संक्रमितसँगै आज थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमित संख्या ३५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै थप ५३ जनामा नयाँ संक्रमण पुष्टि भएको र नेपालमा कोरोना भाइरस संक्रमित संख्या ३५७ पुगेको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा अनुसार भेरी अस्पतालको प्रयोगशालमा बाँकेका ४६ जना पुरुष र १ जना महिला, विराटनगरको प्रादेशिक प्रयोगशालामा मोरङका एकजना पुरुष, भैरहवाको प्रयोगशालमा गुल्मीका ४१ वर्षीय पुरुष, धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषाका एकजना, रौतहटका एकजना, दाङका एकजना र धादिङका एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

डा देवकोटाका अनुसार ४ सय २६ जना संक्रमित तथा आशंका गरिएका व्यक्तिहरु देशभरका विभिन्न आइसोलेसनमा राखिएको छ ।

डा देवकोटाका अनुसार गत २४ घण्टामा २ हजार ५ सय ५८ वटा नमूना पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हालसम्म ३० हजार ७२३ वटा नमूना पीसीआर विधिबाट परीक्षण भएको छ ।

यस्तै आरडीटी विधिबाट हालसम्म ६९ हजार ५ सय ६० जनाको परीक्षण भएको छ भने गत २४ घण्टामा १ हजार ७ सय ९१ वटा नमूना परीक्षण भएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट २ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ४ : २७ बजे

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य