बाँकेमा ४७ सहित ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या ३५७ पुग्यो « Khabarhub

बाँकेमा ४७ सहित ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या ३५७ पुग्यो


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाँकेमा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाँकेसँगै मोरङ, गुल्मी, रौतहट, दाङमा थपिएका संक्रमितसँगै आज थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमित संख्या ३५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै थप ५३ जनामा नयाँ संक्रमण पुष्टि भएको र नेपालमा कोरोना भाइरस संक्रमित संख्या ३५७ पुगेको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा अनुसार भेरी अस्पतालको प्रयोगशालमा बाँकेका ४६ जना पुरुष र १ जना महिला, विराटनगरको प्रादेशिक प्रयोगशालामा मोरङका एकजना पुरुष, भैरहवाको प्रयोगशालमा गुल्मीका ४१ वर्षीय पुरुष, धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषाका एकजना, रौतहटका एकजना, दाङका एकजना र धादिङका एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

डा देवकोटाका अनुसार ४ सय २६ जना संक्रमित तथा आशंका गरिएका व्यक्तिहरु देशभरका विभिन्न आइसोलेसनमा राखिएको छ ।

डा देवकोटाका अनुसार गत २४ घण्टामा २ हजार ५ सय ५८ वटा नमूना पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हालसम्म ३० हजार ७२३ वटा नमूना पीसीआर विधिबाट परीक्षण भएको छ ।

यस्तै आरडीटी विधिबाट हालसम्म ६९ हजार ५ सय ६० जनाको परीक्षण भएको छ भने गत २४ घण्टामा १ हजार ७ सय ९१ वटा नमूना परीक्षण भएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट २ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ४ : २७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै