इजरायली संसदबाट नयाँ सरकारलाई विश्वासको मत « Khabarhub

इजरायली संसदबाट नयाँ सरकारलाई विश्वासको मत


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ- इजरायली संसद (नेसेट)ले प्रधामन्त्री बेन्जामिन नेतन्याहू र मुख्य विपक्षी नेता बेन्नी गान्जको एकताको नवगठित सरकारलाई समर्थन गरेको छ ।

विश्वासको मत प्राप्त गर्न नेसेटमा भएको मतदानमा नवगठित सरकारको पक्षमा ७३ मत प्राप्त भएको थियो । विपक्षमा ४६ मत परेको थियो ।

इजरायलकै इतिहासमा कुनै दल वा गठबन्धनले बहुमत ल्याउन नसक्दा एक वर्षभित्रै तेस्रो पटक संसदका लागि आमनिर्वाचन भएको थियो । सरकार गठनमा यसपटक पनि समस्या देखिएपछि प्रधानमन्त्री नेतन्याहू र उहाँका प्रतिद्वन्द्वी बेन्नी गान्जबीच सत्ता साझेदारीका विषयमा सहमति जुटेपछि नयाँ सरकार गठन भएको हो ।

सरकारले संसदबाट अनुमोदन प्राप्त गरेलगत्तै अब नयाँ मन्त्रिपरिषद गठनका लागि बाटो खुलेको छ ।

नयाँ सम्झौता बमोजिम पहिलो १८ महिना वर्तमान प्रधानमन्त्री नेतन्याहू प्रधानमन्त्री पदमा रहनेछन् भने त्यसपछि सन् २०२१ को नोभेम्बर १७ बाट बेन्नी गान्ज प्रधानमन्त्री बन्नेछन् ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ५ : ३३ बजे

इन्टर मिलान बन्यो सिरी ए च्याम्पियन :तीन खेल अगावै उपाधि कब्जा

काठमाडौँ – इन्टर मिलानले आइतबार राति पार्मालाई २–० ले पराजित

रास्वपाले कसरी छान्दै छ स्थानीय उम्मेदवार ? उम्मेदवार छनोट रूपरेखा (पूर्णपाठ)

काठमाडौँ – आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र

अनि दयाहाङलाई गालीको ओइरो…

काठमाडौँ – समाजिक विषयमा आवाज उठाउनु कलाकारको नैतिक जिम्मेवारी हो

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ वर्षदेखि वैशाख पूर्णिमाको अवसरमा

भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष

म्याग्दी – यहाँको धवलागिरि गाउँपालिका–४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको