अमेरिकामा कोरोना भाइरस संक्रमित घटे : राष्ट्रपति ट्रम्प « Khabarhub

अमेरिकामा कोरोना भाइरस संक्रमित घटे : राष्ट्रपति ट्रम्प


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या घटेको बताएका छन् ।

उनले कोरोना भाइरसका संक्रमितहरुको संख्यामा उल्लेख्य रुपमा घटेको भएको जानकारी दिएका हुन् । राष्ट्रपति ट्रम्पले भनेका छन्– अमेरिकाभरमा कोरोना भाइरसको संक्रमण दरमा उल्लेख्य मात्रामा कमी आएको छ, यसबाट थोरै भए पनि आशा जागेको छ । उनले शनिबार आफ्नो ट्वीट अकाउन्टमा लेखेका छन्– यो धेरै राम्रो समाचार हो कि अमेरिकाभरमा कोरोना भाइरसको संक्रमणमा कमी आएको छ ।

अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले जनाएअनुसार त्यहाँ १४ लाख ८६ हजार ४२३ जना संक्रमित छन् । साथै यहाँ ८९ हजार ५५० जनाको ज्यान गएको छ । अप्रिलमा अमेरिकामा दैनिक कम्तीमा ३६ हजार जना संक्रमित हुने गरेकोमा अहिले भने त्यसमा उल्लेख्य कमी आएको बताइएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ५ : ४८ बजे

एसियाली विकास बैंकबाट १४ अर्ब ३८ करोड सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले एसियाली विकास बैंकबाट प्राप्त हुने करिब १४ अर्ब

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न चेम्बर निवर्तमान अध्यक्षको आग्रह 

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालमा

एमाले महाधिवेशन : मतदानका लागि ८० वटा विद्युतीय मेसिन प्रयोग गरिने

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा विद्युतीय मेसिन प्रयोग गरिने भएको

एमालेमा नयाँ नेतृत्वका लागि साँझ ७ बजेदेखि राति १ बजेसम्म मतदान

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) को एघारौँ राष्ट्रिय

आन्दोलन, द्वन्द्व र विपद्का घाइतेको निःशुल्क उपचारको शोधभर्ना कार्यविधि २०८२ स्वीकृत

काठमाडौं– देशका विभिन्न आन्दोलन, द्वन्द्व तथा प्राकृतिक प्रकोपका क्रममा घाइते