कोरोना भाइरसविरुद्ध एकतावद्ध भएर लड्न मन्त्री गुरुङको आग्रह | Khabarhub Khabarhub

कोरोना भाइरसविरुद्ध एकतावद्ध भएर लड्न मन्त्री गुरुङको आग्रह


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोरोना भाइरसविरुद्ध एकतावद्ध भएर लड्न सबै प्रदेश र स्थानीय तहलाई आग्रह गरेका छन् ।

मन्त्री गुरुङले महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलगायतका संवेदनशील वर्ग र समूदायमा कोरोना भाइरसको संक्रमण हुन नदिन तत्काल कार्ययोजना बनाउन पनि प्रदेश र स्थानीय तहको ध्यानाकर्षण गराएका छन्उ ।

उन आवश्यक कार्यसम्पादन गर्न प्रदेश स्तरीय, नगरस्तरीय र पालिकास्तरीय समिति बनाएर काम गर्न संघीय सरकारले कार्य योजना बनाएको उनले जानकारी दिए ।

सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट सबै प्रदेशका सामाजिक विकासमन्त्रीहरुसँगको ‘भर्चुअल’ बैठकमा बोल्दै मन्त्री गुरुङले कोरोना भाइरसविरुद्धको लडाईमा सफलता हासिल गर्न प्रदेश र स्थानीय तहसँग जीवन्त सम्बन्ध राखेर अघि बढन संघीय सरकार प्रतिवद्ध रहेको पनि बताए ।

‘कोरोना भाइरसविरुद्धको लडाइँमा एकतावद्ध भएर अघि बढन म सबै प्रदेश र स्थानीय तहलाई आह्वान गर्दछु,’ मन्त्री गुरुङले भने, ‘त्यसका लागि प्रदेशमा प्रदेश स्तरीय, जिल्लामा जिल्ला स्तरीय र पालिका स्तरीय समिति बनाएर काम गरौं ।’

गत बैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिको संरक्षणका लागि प्रदेशमा प्रदेश स्तरीय, जिल्लामा जिल्ला स्तरीय र पालिकामा पालिका स्तरीय समिति बनाउने गरी कार्यविधि स्विकृत गरेको थियो ।

सोही कार्य योजना अनुसार एक हप्ता भित्र समिति बनाएर काम गर्न प्रदेश, जिल्ला समन्वय समिति र नगर/गाउँपालिकालाई मन्त्री गुरुङको आग्रह गरे ।

बैठकमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुन, प्रदेश ५ का सामाजिक विकासमन्त्री सुर्दशन बराल, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल, सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई कोरोना भाइरसको संक्रमण हुन नदिन उच्च सर्तकताका साथ काम भइरहेको जानकारी मन्त्री गुरुङलाई गराएका थिए ।

सो ‘भर्चुअल’ बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले पनि कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सहकार्यका साथ काम गर्न प्रदेश र स्थानीय तहलाई आग्रह गरेकी थिइन् ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ६ : ५३ बजे

भरतपुर अस्पतालको स्वास्थ्य बीमा सेवा ‘प्रणाली’ मा प्राविधिक समस्या

चितवन– स्वास्थ्य बीमा सेवा प्रणालीमा प्राविधिक समस्या हुँदा देशभरका बिरामी

बनेपामा आजदेखि बाह्र–बर्षे नरदेवी नाच

काभ्रेपलाञ्चोक– बनेपामा आजदेखि परम्परागत–ऐतिहासिक एवम् धार्मिक महत्वको १२ वर्षे श्री

तीन वर्षमा सक्नुपर्ने कञ्चनपुरको दुई पुल नौ वर्षमा पनि सम्पन्न भएन

कञ्चनपुर– जिल्लाका दुई पक्की पुल सम्पन्न हुने चरणमा पुगेका छन्

न्यूयोर्कका नवनिर्वाचित मेयर ममदानी गए नेपाली रेस्टुरेन्ट, खाए मःमः, फोटो भाइरल

काठमाडौं- अमेरिकाको न्यूयोर्क शहरका नवनिर्वाचित मेयर जोरहान ममदानीले नेपाली रेस्टुरेन्टमा