गण्डकी प्रदेशसभाको बर्खे अधिवेशन आह्वान « Khabarhub

गण्डकी प्रदेशसभाको बर्खे अधिवेशन आह्वान


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको बजेट अधिवेशन जेठ ११ गतेका लागि आह्वान गरेका छन् ।

प्रदेश सरकार मन्त्रिपरिषद्को आइतबारको बैठकले बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेकामा प्रदेश प्रमुख शेरचनले प्रदेशसभाका सभामुखलाई सम्बोधन गरी अधिवेशन आह्वानको सूचना जारी गरेका हुन् ।

“प्रदेश सरकार गण्डकी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेशसभाको अधिवेशन संवत् २०७७ जेठ ११ गते आइतबार दिनको १ बजेदेखी पोखरा सभागृहमा आरम्भ हुने गरी आह्वान गरेको छु” प्रदेश प्रमुखद्धारा जारी सूचनामा भनिएको छ ।

सरकारले नदीपुरस्थित प्रदेशसभा भवन साँघुरो भएको र सामाजिक दूरी कायम गर्न कठिनाइ पर्ने भएकाले सभागृहमा संसद् बैठक राख्न लागिएको जनाएको छ ।

त्यसैगरी हिजोको मन्त्रिपरिषद् बैठकले प्रदेशका ११ वटै जिल्ला अस्पताललाई एक÷एक वटा स्कारपियो गाडी खरिदका लागि बजेट विनियोजन गर्ने निर्णय गरेको छ ।

तनहुँको दुई स्थानमा शवदाह गृह मेसिनका लागि आवश्यक सामग्री आयात गर्दा लाग्ने भन्सार छुटका लागि सङ्घीय सरकारलाई सिफारिसको निर्णय गरिएको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

बैठकले लघु तथा साना उद्यमीहरूलाई मेसिन उपकरण हस्तान्तरण गर्न बनेको कार्यविधिलाई स्वीकृत गरेको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ९ : ५१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै