नेपाल बारको निर्वाचन आज , मतगणना २ दिनपछि « Khabarhub

नेपाल बारको निर्वाचन आज , मतगणना २ दिनपछि


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयन गर्न आज (शनिबार) निर्वाचन हुँदैछ। बारमा २५ पदका लागि ६३ जनाले उम्मेदवारी दिएका छन । नयाँ नेतृत्व चयनका लागि हुने मतदान बिहान ८ बजे शुरु हुनेछ । त्यस्तै मतदान अपराह्न ४ बजे सकिनेछ।

नयाँ नेतृत्वका लागि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकट नेपाल लयर्स एसोसिएसन (एनएलए) बाट अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोली चुनावी मैदानमा उत्रिएको छ । त्यस्तै कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) बाट अध्यक्ष सुनीलकुमार पोखरेल नेतृत्वको टोली चुनावी मैदानमा छन । एनएलएलाई मधेसकेन्द्रित दल र डिएलएलाई राप्रपानिकट कानून व्यवसायीले साथ दिएका छन् ।

नयाँ शक्तिबाट अध्यक्षमा कृष्ण शर्मा, महासचिवमा डा. रामहरि त्रिपाठी, कोषाध्यक्षमा नारायण खरेल र सदस्यमा रामबहादुर मिजार पनि प्रतिस्पर्धामा उत्रिएका छन् । एनएलए र डिएलएबीच नै प्रतिस्पर्धा हुने देखिएको छ। संगठनात्मक मत भन्दा बढी स्वतन्त्र मतले नयाँ नेतृत्व पाउने कानून व्यवसायी बताउँछन् ।

बारमा अध्यक्ष, महासचिव र कोषाध्यक्षमा एक–एकजना चुनिने व्यवस्था छ। महिला उपाध्यक्ष १ र ७ वटै प्रदेशबाट १/१ जना गरी ८ उपाध्यक्ष र १४ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

बारको केन्द्रीय कार्यालय र सर्वोच्च अदालत गरी १० ठाउँबाट मतगणना गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए।
निर्वाचनमा १० हजार एक सय ४१ मतदाताले सहभागिता जनाउने छन् ।

आज भएको निर्वाचनको मतपेटिका आउन भने २ दिन लाग्ने खड्काले बताए । मतपेटिका संकलन भएपछि मतगणना शुरु हुनेछ ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ८ : १२ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा