काठमाडौं महानगरले अब अत्याधुनिक दमकल ल्याउने « Khabarhub

काठमाडौं महानगरले अब अत्याधुनिक दमकल ल्याउने


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रयोगमा रहेका दमकल कम भएकाले अब अत्याधुनिक नयाँ दमकल खरीद गरिने बताएका छन् ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कानूनी प्रावधानसम्बन्धी अन्तरक्रियामा महानगरका प्रमुख शाक्यले गर्मी बढेसँगै काठमाडौँमा आगलागीका घटनामा पनि वृद्धि हुने हुँदा क्षति कम गर्न थप दमकल खरीद गरिने बताए ।

शाक्यले भने, ‘ कामपामा हाल सञ्चालन गरिरहेको दमकलहरु उपहारस्वरुप आएका हुनाले कम छन्, त्यसैले नयाँ खरीद गर्न आवश्यक छ ।’ हाल कामपामा चार वटा दमकल रहेकामा एउटा बिग्रिएको छ भने तीन प्रयोगमा रहेका छन् ।

कामपाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)ले सचेत र सबल समुदायमा विपत्तिको असर कम हुने बताइन। विपद् व्यवस्थापन विभागका प्रमुख अर्चना श्रेष्ठ (शाक्य) ले महानगरले ठोस कानूनी आधार बनाएर विपतको पूर्वतयारीमा जुटेको जानकारी दिइन ।

महानगरले अहिले वडा १०, १२ र ३१ मा आइसेट नेपालसँगको सहकार्यमा सुरक्षित शहर परियोजना सञ्चालन गरिरहेको छ । त्यस्तै जोखिम नक्साङ्कनको काम पनि गरिरहेको छ । यसमा प्राकृतिक तथा मानव सिर्जित विपत्तिका दृष्टिमा कुन स्थान कस्ता छन् र सबैभन्दा बढी जनधन क्षति भएको एवं हुन सक्ने स्थानको पहिचान हुनेछ ।

पहिचान गरिएका स्थानहरुमा हुनसक्ने क्षति कम गराउन समुदायलाई तत्पर बनाउने, उनीहरुलाई आवश्यक पर्ने स्रोतसाधनको जोहो गर्ने लगायतका काम हुनेछन् । यसका लागि वडास्तरीय विपद् व्यवस्थापन समितिको पनि गठन गरिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ८ : ४७ बजे

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका