आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ४०२ पुग्यो « Khabarhub

आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ४०२ पुग्यो


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप २७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

डा देवकोटाका अनुसार २४ जना पुरुष र ३ जना महिला रहेका छन् । डा प्रवक्ता डा देवकोटाका अनुसार गत २४ घण्टामा २ हजार २ सय ८० वटा नमूना पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।

यस्तै हालसम्म ३२ हजार ६ सय ४ वटा नमूना पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

आइसोलेनमा दुईजना मृतक

प्रवक्ता डा देवकोटाका अनुसार देशभरका विभिन्न अस्पतालमा ४ सय ५७ जना आइसोलेनमा रहेका छन् ।

आइसोलेनमा रहेका ४ सय ५७ जना मध्ये २ जना मृतक रहेको डा देवकोटाले जानकारी दिए । बाग्मती प्रदेश र प्रदेश ५ मा दुईजना मृतक आइसोलेसनमा रहेकाके डा देवकोटाले बताए ।

यस्तै देशभर २१ हजार ६ सय जना देशभरका क्वारेन्टाइनमा रहेका छन् ।

डा देवकोटाका अनुसार झापामा ९, मोरङमा एकजना, सुनसरीमा एकजना, सर्लाहीमा दुईजना, काठमाडौंमा ३, भक्तपुरमा एकजना, मकवानपुरमा एकजना, रामेछापमा एकजना, ललितपुरको एकजना, सिन्धुलीको एकजना, लम्जुङ्गको एकजना, कपिलवस्तुका ४ जना र नवलपरासीमा एकजना गरी २७ जना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ४ सय २ पुगेको छ । जसमध्ये ३ सय ४० जना र महिला ६२ जना रहेका छन् ।

कोरोनाको संक्रमण सातै प्रदेशमा

सोमबार दैलेखका एक जनामा कोरोना देखिएसँगै सातै प्रदेशमा कोरोना संक्रमण फैलिएको छ । यसअघि कर्णाली प्रदेश बाहेकका प्रदेशमा कोरोना संक्रमणको पुष्टि भइसकेको थियो ।

सोमबार राति कर्णाली प्रदेशको दैलेखका एक जनामा कोरोना पुष्टि भएपछि सातै प्रदेशमा कोरोना संक्रमण फैलिएको पाइएको हो । सोमबार दैलेखको आठविस नगरपालिका – १ का एक जना पुरुषमा कोरोना संक्रमण देखिएको थियो।

नेपालमा ४०५ जना उच्च जोखिममा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका विभिन्न अस्पतालको आईसोलेसनमा कुल ४५७ जना रहेको जनाएको छ ।

सोमबारको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयले सम्भावित, शंस्कापद बिरामी र संक्रमितलाई आईसोलेसनमा राखिएको जानकारी गराएको थियो ।

तिमध्ये काठमाडौंमा २६ जना र काठमाडौंबाहिर ३ सय ८६ जना रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म ४०५ जना रेड जोनमा परेका छन् । यसको अर्थ सम्भावित संक्रमित हो । उनीहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भइरहेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए । मन्त्रालयले मोबाईल एप्लिकेसन र वेवसाईटमा आफ्नो स्वमूल्याकंन फाराम भरेकाहरुमध्ये ४०५ जना रेड जोनमा परेका हुन् ।

कुन उमेरसमूहलाई बढी प्रभाव ?

कोरोना संक्रमण नेपालमा २ महिने शिशुदेखि ८४ वर्षियासम्मलाई देखिएको छ । तर गत वर्ष माघ ९ गते पहिलो ‘केस’ देखिएदेखि हालसम्म को विवरण हेर्दा २० देखि ५० वर्ष उमेर समूहमा बढी संक्रमण देखिएको छ ।

कुल ३४ जिल्लामा

नेपालका कुल ३४ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । गुल्मी, सुनसरी, दैलेख र खोटाङमा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालका ७७ मध्ये ३४ जिल्लामा कोरोना संक्रमण फैलिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार थपिएका संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ । संक्रमितहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको छ।

कति भयो परीक्षण ?

नेपालमा पीसीआर विधिबाट हालसम्म ३० हजार ७ सय २३ जनाको परीक्षण गरिएको छ । आरडीटि विधीबाट ६९ हजार ५ सय ६० वटा परीक्षण गरिएको छ । सोमबारसम्म मात्रै पिसीआर विधीबाट २ हजार ५ सय ५८ जनामा कोरोना जाँच गरीएको छ ।

यस्तै गत आरडीटि विधीबाट टेष्ट गर्दा १ हजार ७ सय ९१ जनामा संक्रमण छ /छैन भनेर जाँच गरिएको छ ।

प्रदेश १ मा ९ हजार २ सय १७, प्रदेश २ मा ६ हजार २२, वाग्मती प्रदेशमा ११ हजार ९ सय २३ गण्डकी प्रदेशमा ६ हजार ९ सय ३२ जना, प्रदेश ५ मा ९ हजार १ सय ३२ जना, कर्णाली प्रदेशमा ७ हजार ५ सय ८० जना र सुदुरपश्चिम प्रदेशमा १८ हजार ७ सय ५४ जनामा कोरोना जाँच गरिएको छ ।

२० हजार ९० जना क्वारेन्टाईनमा

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २० हजार ९० जना क्वारेन्टाईनमा छन् ।

तीमध्ये प्रदेश १ मा १ हजार १ सय ८० जना, प्रदेश २ मा ३ हजार ८० जना, वाग्मती प्रदेशमा २ सय ८५ जना, गण्डकी प्रदेशमा ३९३ जना, प्रदेश ५ मा १२ हजार ८ सय १५ जना, कर्णाली प्रदेशमा १ हजार ६ सय ३० जना क्वारेन्टाईनमा बसेका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ४ : ३७ बजे

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया