नीति तथा कार्यक्रम आज निर्णयार्थ पेस हुँदै | Khabarhub Khabarhub

नीति तथा कार्यक्रम आज निर्णयार्थ पेस हुँदै

प्रधानमन्त्रीले संसदमा आज जवाफ दिने


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आज प्रधानमन्त्री केपी ओलीले जवाफ दिने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले प्रश्न उठाएका छन् ।

संसदमा उठेका ती प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने आजको संसद बैठकको कार्यसूचीमा छ ।

त्यस्तै आज गत शुक्रबार संयुक्त सदनमा पेस भएको नीति तथा कार्यक्रम र त्यसमाथिको संशोधन पनि निर्णयार्थ पेस हुनेछ ।

बिहान ११ बजे राष्ट्रियसभाका प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिनेछन् । १२ बजे उनले प्रतिनिधिसभामा जवाफ दिनेछन् ।

संघीय संसदको दुवै सदनबाट आज नीति तथा कार्यक्रम पारित हुनेछ ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  १० : २३ बजे

आदिकवि भानुभक्तकाे जन्मजयन्तीमा प्रभातफेरी (तस्बिरहरू) 

काठमाडौं– नेपाली साहित्यमा आदिकविको रुपमा परिचित भानुभक्त आचार्यको जन्मजयन्ती आज

एमाले केन्द्रीय विभागहरूको संयुक्त भेला आज

काठमाडौं– नेकपा एमालेका केन्द्रीय विभागहरूको संयुक्त भेला आज (आइतबार) हुँदैछ

काठमाडौं महानगरले आज बजेट ल्याउँदै

काठमाडौं– काठमाडौं महानगरपालिकाले आज (आइतबार) आगामी आर्थिक वर्ष २०८२–०८३ को

आदिकविबाट नेपालीलाई भाषा र भावनाको सेतुले जोड्ने काम भयो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यले नेपालीलाई भाषा र

दुई क्विन्टल गाँजासहित एक युवक पक्राउ

सिरहा– सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी