मृगको शिकारमा संलग्न २ जना पक्राउ « Khabarhub

मृगको शिकारमा संलग्न २ जना पक्राउ


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – चोरी शिकारमा संलग्न भएको र विद्यालय तोडफोड गरेका छुट्टाछुट्टटै घटनामा संलग्न चार जनालाई बागलुङ प्रहरीले पक्राउ परेका छन् ।

प्रहरीले जिल्लाको ताराखोला गाउँपालिका–३ बाट विद्यालय तोडफोड गर्ने पूर्वशिक्षकसहित दुई र गलकोट नगरपालिका–४ बाट मृग मारेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको हो ।

स्थानीय जङ्गलमा संरक्षित मृग मारेर खाँदै गरेको अवस्थामा गलकोट नगरपालिका–४ का ५९ वर्षीय बेलराम सुवेदी र सोही ठाउँका ३० वर्षीय ओमबहादर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट मृगको पकाएको मासु, काँचो मासु र हड्डीसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले बताए ।

सुराकीको आधारमा हटिया प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले सुवेदी र खड्कालाई नियन्त्रणमा लिएको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको र कानूनबमोजिम कारवाहीका लागि मुद्दा चलाइने केसीले बताए ।

लकडाउनको समयमा संरक्षित जङ्गली जनावरको सिकार गर्नेहरु सक्रिय भएको प्रहरीले जनाएको छ । यस्तै विद्यालय तोडफोड गरेको आरोपमा बागलुङको ताराखोला गाउँपालिका–३ मा रहेको काँक्राखोर आधारभूत विद्यालयका पूर्वशिक्षकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

विद्यालयमा तोडफोड गरी महत्वपूर्ण कागजात हिनामिना गरेको आरोपमा सोही ठाउँका पूर्वशिक्षक रेशम खत्री र तिलक कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

लकडाउनका कारण बन्द रहेको विद्यालयमा गाउँपालिकाबाट अनुगमनमा पुगेको टोलीले ढोका तोडफोड गरेको देखेपछि घटना बाहिर आएको थियो ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ११ : ०७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै