नक्साको जमिन नेपालको हुनुपर्छ - नेपाली कांग्रेस | Khabarhub Khabarhub

नक्साको जमिन नेपालको हुनुपर्छ – नेपाली कांग्रेस


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मन्त्रिपरिषदबाट नेपालका भूमि समेटेर नयाँ नक्सा पारित हुनु सकरात्मक भएको बताएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेपालका भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर नक्सा पारित हुनु सकारात्मक र स्वागतयोग्य भएको बताए।

अब नेपाली भूमि कालापानीमा बसेको भारतीय सेना त्यहाँबाट फिर्ता हुनुपर्ने उनले बताएका छन्।

नेपालको सबै भू-भागमा नेपालकै पूर्ण हक हुनुपर्ने प्रवक्ता शर्माले मंगलबार ट्वीट गर्दै उल्लेख गरेका छन्।

उनले दुबै छिमेकी देशसँग सरकारले कुटनीतिक पहल गर्नुपर्ने पनि बताएका छन्।

‘अब सरकारको वास्तविक परीक्षा प्रारम्भ भएको छ,’ शर्माले भनेका छन्, ‘दुबै छिमेकीसँग गहन कुटनीतिक पहल सुरू गर्नुपर्छ।’

उनले नक्सा पारित गरेर मात्रै नपुग्ने भन्दै थपेका छन्, ‘हाम्रो हातमा नक्सा उनको हातमा जमिन हुनुहुन्न।’

मन्त्रिपरिषदको सोमबारको बैठकले भूमि मन्त्रालयले लगेको नयाँ नक्सा पारित गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ११ : ३७ बजे

सुरक्षा खतरा देखाउँदै रूसी नागरिकविरूद्ध इयूले भिसामा थप कडाइ गर्दै

ब्रसेल्स, बेल्जियम – युक्रेन युद्धको लगभग चार वर्ष पछि युरोपेली

सार्वजनिक पुस्तकालयको विकासमा बागमती प्रदेशले सहयोग गर्छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं–  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिँयाले सार्वजनिक पुस्तकालयको विकासमा प्रदेश

‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन

म्याग्दी– अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन भएको

इन्डोनेसियाको एक क्याम्पसमा भएको विस्फोटमा परी २० जना घाइते

जकार्ता- इन्डोनेसियाको राजधानी जकार्तास्थित एक क्याम्पसमा शुक्रबार भएका दुई वटा