सांसदले दिएको सकारात्मक सुझाव सम्बोधन हुन्छ–प्रधानमन्त्री (भिडियोसहित) « Khabarhub

सांसदले दिएको सकारात्मक सुझाव सम्बोधन हुन्छ–प्रधानमन्त्री (भिडियोसहित)


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सांसदले उठाएको जिज्ञासा र सुझावलाई आवश्यकता अनुसार सम्बोधन गर्ने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि सांसदले उठाएको प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्रीले भने, ‘नीति तथा कार्यक्रमको छलफलका क्रममा माननीय सांसदहरुले उठाएका कुरा र जिज्ञासाले मेरो गम्भीर ध्यानाकषर्णण् भएको छ । यी विषयलाई आगामी बजेट तथा अन्य कार्यक्रममा समावेश गरिने छ ।’

प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको प्रयास कोरोनाका कारणले वा कोरोना संक्रमितको अबस्थामा ज्यान गुमाउन नपरोस् भन्ने रहेको दाबी गरेका छन् ।

नेपालमा कोरोनाका कारण दुईजनाको निधन भएको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले मृत्यु भएका दुबैजनामा कोरोनाबाहेक अरु कारण समेत रहेको दाबी गरे ।

उनले विश्व स्वास्थ्य संगठनको प्रावधानअनुसार कोरोना लागेका कसैको अन्य कारणले निधन भएपनि कोरोनाकै कारण निधन भएको मानिने भएका कारण नेपालमा दुईजनाको ज्यान गएको दाबी गरे ।

उनले क्वारेन्टाइनलाई प्रभावकारी बनाउने, आइसोलेसनमा राख्नेहरुलाई राम्रो उपचार प्रवद्र्धन गर्ने बताए । क्वारेन्टाइनको साधाराण क्षमता ५७ हजार बढि रहेको भन्दै मानिसहरु समेत नराखिएका कारण ३० हजार अलि गुणस्तरीय रहेको बताए । उनले क्षमताअनुसारको क्वारेन्टाइनमा मानिसहरु नराखिएको बताए ।

कोरोनासँग लड्ने विश्वमा कसैसँग समेत क्षमता नभएको र कोरोनाको उद्गमस्थल अहिलेसम्म चीन रहेको भएपनि नेपालमा देखापरेपछि ३ सय ७७ जना नेपालभित्र संक्रमित भएको बताए ।

उनले अझै बढ्नसक्ने भन्दै बाहिरबाट आउने व्यक्तिहरु स्रोत भएको र बाहिरबाट आएकालै नेपाली नागरिकलाई सारेको देखिएको बताए ।

उनले भने,‘भारतबाट आएका संक्रमितको संख्या ठुलो रहेको छ, कोही लुकेर बस्ने, कोही समुदायमा जाने भएका कारण अलि गम्भिर देखिएको छ । यसप्रति सजगता अपनाउनुपर्नेछ । ’

नेपालमा अहिलेसम्म आइसोलेशन ३ हजार ३ सय ७ जनाको क्षमता रहेको र एक लाख २ हजार ८३ जनाको परीक्षण गरेको र ३२ हजारको पिसिआर विधिबाट परीक्षण गरेको बताए ।

यसअघि देखिएको भाइरसभन्दा अहिले भारतबाट आएका व्यक्तिमा देखिएको संक्रमण खतरनाक देखिएको छ ।

विश्वका अन्य देशबाट नेपाल आएकाहरुमा तुलनामा भारतबाट आउने नेपाली संक्रमितको अबस्था गम्भिर रहेको र भाइरस बढि खतरनाक देखिएको छ ।

विश्वका विभिन्न देशको संक्रमितको संख्या संसदमा बताएका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका, चीन लगाएतमा रहेको कोरोना संक्रमितको आँकडा पेस गरे ।

प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधन हेर्नुहोस्

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  १२ : १५ बजे

दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच उद्यमी पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।

कांग्रेस महाधिवेशन: मतदानको समय ७ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि