प्रधानमन्त्रीले उठेर सम्बोधन गर्न नसकेपछि कुर्सीको व्यवस्था गरियो « Khabarhub

प्रधानमन्त्रीले उठेर सम्बोधन गर्न नसकेपछि कुर्सीको व्यवस्था गरियो


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफुलाई उभिएर बोल्नका लागि स्वास्थ्यका कारणले असहज भएको बताएका छन् ।

संसदमा बोल्ने क्रममा रोष्ट्रमबाट उभिएर बोल्दाबोल्दै उनले भने,‘सभामुखज्यू मलाई मेरो स्वास्थ्यका कारणले उभिएर बोल्नका लागि असहज भयो ।’

प्रधानमन्त्रीले उभिएर बोल्न असहज भएको बताएपछि कुर्सीको व्यवस्था गरिएको छ । उनले आफ्नो खुट्टाका कारण असहज भएको भन्दै माफी भागेका छन् । अहिले प्रधानमन्त्रीले बसेर सम्बोधन गरिरहेका छन्।

संसदमा बोल्ने क्रममा रोष्ट्रमबाट उभिएर बोल्दाबोल्दै उनले भने,‘सभामुखज्यू मलाई मेरो स्वास्थ्यका कारणले उभिएर बोल्नका लागि असहज भयो ।’

उनले भने मेरो अपरेशनका कारणले खुट्टामा समस्या भएकाले उभिएर बोल्नका लागि असहज भएको हो ।’

प्रधानमन्त्रीको अनुरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले बस्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए । अहिले ओली रोष्ट्रममै बसेर जवाफ दिइरहेका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  १२ : ३३ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा