कोरोना मुक्त नेपाल हाम्रो पहिलो प्राथमिकता हो – प्रधानमन्त्री « Khabarhub

कोरोना मुक्त नेपाल हाम्रो पहिलो प्राथमिकता हो – प्रधानमन्त्री


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले दैनिकी परिवर्तन गरेरै भएपनि देशलाई कोरोनामुक्त बनाइने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बाहिरबाट आउने नेपालीको उचित व्यवस्थापन गर्न नस्कदा समस्या थपिएको बताए ।

प्रधानमन्त्रीले सम्बोधनका क्रममा भने, ‘हामी पनि कोरोनामुक्त देश घोषणा गर्ने लक्ष्य भएपनि बाहिरबाट आउने नेपालीलाई रोक्न सकिएन । अलिकति सिमानामा आएर बस्नेका कारण, जनप्रतिनिधिका कारणले लगाएतका कारणले अबस्था भयावहतर्फ जानसक्ने चिन्ता छ । यसलाई व्यवस्थापन गर्नुपर्छ ।’

प्रधानमन्त्रीले अहिलेपनि रोकथामका लागि नेपाल सक्षम रहेको बताए । लकडाउनको पालनामा नागरिक जिम्मेवार बन्नुपर्ने उनले बताए । चीनबाट नेपाली विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राख्दा सबैले सरकारको प्रशंशा गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब पनि सबै व्यवस्थित हुनुपर्ने बताए ।

उनले कोरोनाको संक्रमण दर नबदलिएपनि हाम्रो आनिबानी सुधार गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  १२ : ४२ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट