राष्ट्रियता सानो र ठूलो हुँदैन : प्रधानमन्त्री « Khabarhub

राष्ट्रियता सानो र ठूलो हुँदैन : प्रधानमन्त्री


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता कसैको सानो र ठूलो नहुने बताएका छन् । आजको संसद बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रियताको सवालमा सबै राष्ट्र समान हुने बताए ।

उनले देशको राष्ट्रियताको सवालमा कसैले औला उठाउन नसक्ने बताए।

प्रधानमन्त्री ओलीले कुनै पनि मुलुकको क्षेत्रफल सानो हुँदैमा राष्ट्र सानो नहुने बताएका छन् । उनले हरेक राष्ट्रको आफ्नै स्वाभिमान हुने धारणा राखे ।

कतिपय बुद्धिजिबीले छिमेकीको इशारामा सरकार फेरिने टिप्पणी गरेको भन्दै उनले भने ‘यो सरकार नेपाली जनताले बनाएको हो । कुनै विदेशको इशारामा ढल्दैन ।’

साथै उनले नेपालमा अब कुनै तानाशाह आउने सम्भावना नरहेको बताए । भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा प्रधानमन्त्री ओलीले अहिलेको सरकारले छानबिन गर्न थालेपछि केशहरु देखिएको टिप्पणी गरे । भ्रष्टाचारीलाई छानबिन र कार्वाही गर्ने काम अगाडी बढ्दै जाने उनले बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो सरकार कुनै विदेशी राजदूतले भूमिका खेलेर टिक्ने र ढल्ने कल्पना पनि गर्न नहुने पनि बताए ।

प्रधानमन्त्री ओली आफ्नो सरकार नेपाली जनताको आदेशमा बनेकाले कसैले हटाउन नसक्ने बताए।

‘केहीले भनेको सुनियो- गइसक्या थियो फलाना देशका राजदूतले भूमिका खेलेर अड्याइदियो,’ प्रधानमन्त्री ओलीले भने,‘अहिले नेपाली जनताको स्वाभिमानमाथि यस्ता निम्छरा बचन नबोल्दिए राम्रो हुन्थ्यो। यो सरकार नेपाली जनताबाट बनेको हो कुनै देशको आशिर्वाद टिक्ने र ढालिने कल्पना नगरे हुन्छ।’

उनले सरकार ढलोस् भनेर कसैले इच्छा गर्न पाइने तर त्यस्तो इच्छा पूरा नहुने बताए।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  १ : २५ बजे

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।

कांग्रेस महाधिवेशन: मतदानको समय ७ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

अचानक बिरामी भएका निश्कल अस्पतालबाटै माग्दैछन् भोट

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार निश्कल राई बिरामी परेका

एसियाली खेलकुदमा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार दिने सरकारको निर्णय

काठमाडाैँ – सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका