एमसीसी सदनमा टेबल गराएको छ, अब छलफल तपाईंहरुले गर्नुहोस्- प्रधानमन्त्री « Khabarhub

एमसीसी सदनमा टेबल गराएको छ, अब छलफल तपाईंहरुले गर्नुहोस्- प्रधानमन्त्री


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) के गर्ने भन्ने विषय संसदमै छलफल हुनुपर्ने बताएका छन् । अघिल्लो सरकारले गरेको सम्झौताको वर्तमान सरकारले निरन्तरता दिएको बताउँदै प्रधानमन्त्री ओलीले एमसीसी सदनमा पेस भएकाले सदनबाटै छलफल गरी निर्णयमा पुग्नुपर्ने बताए ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने, ‘पछाडिका ढोकाबाट एमसीसी छिराउन खोजियो भनेर पनि प्रश्न उठ्यो । तर लप्सीफेदी–रातमाटेको विद्युत प्रशारण लाइनको महत्व नेपालीले नै पहिचान गरेको विषय हो । नेपाल जलविद्युतको धनी देश हो । पछाडिको ढोकाबाट हैन, अगाडिको ढोकाबाट बन्छ । एमसीसीले बनाए पनि बन्छ । अरुले बनाएपनि बन्छ नत्र हामी आफै बनाउँछौं ।’

प्रधानमन्त्रीले भने,’ हामीसँग यति धेरै विजुली उत्पादन भइरहेको छ । तर त्यसको प्रशारण लाइन छैन अनि प्रशारण लाइन नबनाएर हुन्छ ? एमसीसी अघिल्लो सरकारकै बेलामा सम्झौता भएका कारणले अहिलेको सरकारले संसदमा टेवल मात्रै गरेको हो । अघिल्लो सरकारले गरेको काम मैले गरेको होइन भनेर छाड्न मिल्दैन । त्यसको पालना गरेन भने स्थायीत्व, नीतिहरुको बारेमा गम्भिर समस्या आउँछ । दुई देशका बिचमा भएका सम्झौता कार्यान्वयन भएन भने त्यसले कुटनीतिक समस्या सिर्जना हुन्छ ।’

उनले भने, ‘यो विषयमा पार्टीहरुका बीचमा छलफल हुनसक्छ । सांसदहरुका बीचमा पनि छलफल हुनसक्छ । तर सरकारले गरेका सम्झौता कार्यान्वयन नगर्न हुँदैन । एमसीसी कहाँ लेखेको छ र ? नीति तथा कार्यक्रममा ? एमसीसी पास भए पनि नभएपनि विद्युत प्रशारण लाइन भोलिका लागि निर्माण गर्छ ।’

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  १ : ३० बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट

इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु

जकार्ता– सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा