विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने गृहकार्य सुरु | Khabarhub Khabarhub

विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने गृहकार्य सुरु


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९)का कारण विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउन सरकारले गृहकार्य थालेको छ ।

कोभिड–१९ नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिले विदेशमा अलपत्र परेका र स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउने सम्बन्धमा मोडालिटी तयार गर्न थालेको हो ।

विदेशमा अलपत्र परेका नेपाली र क्वारेन्टाइनको मापदण्डका विषयमा छलफल गरी कार्ययोजना तयार गर्न मंगलबार समितिको सिंहदरबारमा बसेको बैठकले गृहकार्य थालेको जनाएको हो ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिका सचिवसमेत रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले भारत तथा तेस्रो मुलुकमा रहेका नेपालीलाई ल्याउने विषयमा कार्ययोजना तयार गर्ने विषयमा गृहकार्य थालेको बताए ।

समितिको बैठकमा सातवटै प्रदेशसँग समन्वय गर्ने संघीय मन्त्रीहरूलगायतको विचार आइसकेकाले व्यवस्थित तरिकाले कसरी ल्याउन सकिन्छ भन्ने विषयमा कार्ययोजना तयार गर्न लागिएको उनले बताए ।

उनले विदेशबाट नेपालीलाई फिर्ता ल्याउने कामलाई व्यवस्थित गर्दै संक्रमण फैलिन नदिने गरी क्रमशः ल्याउने ढंगको योजना बनाउने सोच रहेको जानकारी दिए ।

समितिको बैठकमा प्रदेश र स्थानीय तहमा बनेका क्वारेन्टाइनहरूलाई तोकिएको मापदण्डअनुसार व्यवस्थित गर्ने विषयमा समेत छलफल भएको सचिव बिडारीले जानकारी दिए ।

क्वारेन्टाइनमा रहनेहरूको सुरक्षाको व्यवस्था, तथ्यांक राख्नेलगायतका काम नेपाली सेनाको उपस्थितिमा स्वास्थ्यकर्मीहरूको अगुवाइमा हुने गरी कार्ययोजना तयार गर्न लागिएको उनले बताए ।

यस्तै, क्वारेन्टाइनमा बस्नेहरूको बन्दोबस्तीको व्यवस्था, खानपिनको व्यवस्थामा संघीय सरकारको आर्थिक सहयोग हुने र सम्बन्धित स्थानीय तहले जिम्मा लिने गरी व्यवस्थापन गर्ने किसिमको कार्ययोजना आउने उनको भनाइ छ ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  २ : ०३ बजे

वीरगञ्ज महानगरपालिका क्षेत्रमा खानेपानी परीक्षण जारी

काठमाडौं– वीरगञ्ज महानगरपालिकामा खानेपानी परीक्षण तथा शुद्धीकरणलाई जारी राखिएको छ

खोटाङको साकेलामा श्रमदान अभियान

खोटाङ– साकेला गाउँपालिकामा जनश्रमदान अभियान जारी रहेको छ । अभियानमार्फत

तीजमा कस्तो दर कसरी खाने ?

काठमाडौँ – नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजको दर

आयुर्वेद औषधि उत्पादन केन्द्रद्वारा नौ प्रकारका औषधि उत्पादन

चितवन– आयुर्वेद औषधि उत्पादन केन्द्र रत्ननगरले चालु आर्थिक वर्षमा नौ

रौतहटको बनबहुअरीमा मानवसेवा आश्रम सञ्चालन

चन्द्रपुर– कुशेऔँसीको अवसरमा सडक आश्रित ‘बा’हरूका लागि चन्द्रपुर–७ बनबहुअरीमा मानवसेवा