बेलायतमा राजनीतिक संकट-प्रधानमन्त्री मेको प्रस्ताव तेश्रोपटक अस्वीकृत « Khabarhub

बेलायतमा राजनीतिक संकट-प्रधानमन्त्री मेको प्रस्ताव तेश्रोपटक अस्वीकृत


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–बेलायत युरोपेली युनियन (इयु)बाट बाहिरिने विषयमा प्रधानमन्त्री टेरिजा मेले इयुसँग गरेको सम्झौता सम्बन्धी प्रस्ताव बेलायती संसद्ले तेश्रोपटक अस्वीकार गरेको छ ।

इयुबाट बाहिरिने यसअघि तोकिएको मिति २९ मार्च अर्थात् हिजो (शुक्रबार) संसद्मा भएको मतदानमा मेले गरेको सम्झौता पारित गर्ने पक्षमा २ सय ८६ र विपक्षमा ३ सय ४४ मत परेको थियो ।

यसअघि जनवरी र गत मार्च १२ मा पनि मेको सम्झौतासम्बन्धी प्रस्ताव भारी मतले अस्वीकार भएको थियो । प्रधानमन्त्री मेले संसद्ले आफ्नो प्रस्ताव अस्वीकार गरेपछि दुःख प्रकट गरेकी छिन् ।

यता विपक्षी नेता जेरेमी कोर्बेनले भने मेले इयुसँग गरेको प्रस्ताव संसदले तीन पटकसम्म अस्वीकार गरिसकेकाले अब इयुसँगको सम्झौता परिवर्तन हुनुपर्ने जनाएका छन् ।

बेलायत इयुबाट बाहिरिने मिति हिजो २९ मार्चमा सकिनुपर्ने भएपनि प्रधानमन्त्री मेले इयुसँग गरेको सहमति अनुसार प्रधानमन्त्री मेको प्रस्ताव पारित नभएका कारण बेलायत इयुबाट बाहिरिने मिति अप्रिल १२ मा सिमित भएको छ । सोही सहमति अनुसार इयुले मेको प्रस्ताव पारित भए बेलायत इयुबाट बाहिरिने मिति लम्ब्याएर मे महिनाको २२ सम्म पुर्‍याउन सकिने जनाएको थियो ।

इयुबाट बाहिरिने मिति केवल २ साता रहेकाले बेलायत बिना कुनै सम्झौता बाहिरिनसक्ने खतरा बढेको छ । बिनासम्झौता इयुबाट बाहिरिए बेलायतको अर्थतन्त्रमा ठूलो नकारात्मक असर पर्नसक्ने बताइन्छ ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  १० : ५१ बजे

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा

गगन र विश्वलाई योगेशको सलाम

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विशेष महाधिवेशन

कांग्रेसको विशेष महाधिवेशनमा २ हजार ६६२ प्रतिनिधि सहभागी

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिहरूको

राज्यका प्रमुख संस्थामाथि आक्रमण गर्नेलाई निर्वाचनमार्फत पराजित गर्नुपर्छ : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यका प्रमुख संस्थामाथि

पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देशप्रेमको भावना विकासमा प्रेरित गर्छ : लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीले