नेपाली महिलामाथि अपमान गरेको भन्दै बलिउड अभिनेत्री अनुष्काविरुद्ध मुद्दा « Khabarhub

नेपाली महिलामाथि अपमान गरेको भन्दै बलिउड अभिनेत्री अनुष्काविरुद्ध मुद्दा


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली महिलालाई अपमान गरेको भन्दै भारतीय अभिनेत्री अनुष्का शर्माविरुद्ध मुद्दा दर्ता गरिएको छ।

अल अरुणाञ्चल प्रदेश गोर्खा युथ वेलफेयर एसोसिएसनले मानव अधिकार आयोग र अरुणाञ्चल प्रहरीमा मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अनुष्का निर्मात्री रहेको ‘पाताल लोक’ नामको सिरियलमा एक महिलालाई गाली गर्नका लागि निम्न स्तरको शब्द प्रयोग गरिएको थियो।

नेपाल तथा भारतमा रहेका नेपालीहरूले सामाजिक सञ्जालमार्फत् अनुष्कालाई भिडिओबाट उक्त शब्द तत्काल हटाउन माग गर्दै आएका छन्।

गोर्खा समाजले नेपाली समुदायको मानहानी गरेको उल्लेख गरेका छन्। त्यस्तै, दार्जिलिङकी अञ्जनी शर्माले समेत नयाँ दिल्लीस्थित् मानव अधिकार आयोग र साइबर क्राइम ब्युरोमा उजुरी दिएकी छन्।

१५ मेमा सार्वजनिक गरिएको पहिलो सिजनको एपिसोडमा नेपाली महिलालाई लक्षित गर्दै तुच्छ गाली प्रयोग गरिएको छ। उक्त शब्दप्रति नेपाली कलाकारहरुले समेत विरोध जनाएका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ७ : ४८ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना