राष्ट्र बैंकले जारी गर्‍यो बैंक सेवा सञ्चालन मार्गदर्शन « Khabarhub

राष्ट्र बैंकले जारी गर्‍यो बैंक सेवा सञ्चालन मार्गदर्शन


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले लकडाउनको समयमा बैंकको सेवालाई निरन्तरता दिन ‘बैंकको सेवा सञ्चालन मार्गदर्शन, २०७७’ जारी गरेको छ।

बैंकको काम सञ्चालन गर्दा बैंकका कर्मचारी सेवाग्राही तथा सरोकारवालाहरूको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई न्यूनीकरण गर्न केन्द्रीय बैंकले उक्त मार्गदर्शन जारी गरेको हो।

जसअनुसार केन्द्रीय बैंकले बढीमा एक तिहाइ कर्मचारीबाट सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ भने कर्मचारीबीचमा न्यूनतम भौतिक दुरी कायम गरी काम गर्नुपर्ने व्यवस्था छ।

सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहने बैङ्किङ तथा मुद्रा व्यवस्थापन सम्बन्धी काय सञ्चालन गर्दा न्यूनतम भौतिक दुरी कायम गरी अनिवार्य रूपमा ग्लोभ्स र मास्क लगाई सेवा प्रदान गर्नुपर्ने छ।

त्यसै गरी बैंक तथा वित्तीय संस्थाबाट नगद दाखिला बुझिलिँदा सुरुमा सिलबन्दी बक्सा नै बुझिलिने र केही दिनपछि मात्र गणना गरी बुझिलिने व्यवस्था गर्नुपर्ने छ।

नोटबाट सङ्क्रमण फैलन नदिन प्राप्त हुने नोट गणना गर्नुअघि डिसइन्फेक्सन गराउन अनिवार्य स्प्रे गराउने व्यवस्था गरेको छ।

सेवाग्राहीहरूमा दुरी कायम गर्न रेखाङ्कन तथा क्यु रडको व्यवस्थापन गर्ने तथा कर्मचारीले समेत अत्यावश्यक भन्दा बाहेकका कामहरूको लागि भेट नगर्ने व्यवस्था छ।

बैंक प्रवेश गर्दा अनिवार्य रूपमा इन्फ्रारेड थर्मोमिटरबाट शरीरको तापक्रम मापन गर्न लगाउने र कार्यालय प्रवेश गर्ने हरेक सेवाग्राहीले अनिवार्य मास्क प्रयोग गरेको हुनुपर्ने व्यवस्था छ।

त्यसैगरी सम्भव नभएसम्मका कामहरू घरबाटै गर्ने व्यवस्था मिलाउनुपर्ने केन्द्रीय बैंकले जनाएको छ।

यस्तो छ बैंकले जारी गरेको मार्गदर्शन

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ७ : ४४ बजे

दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच उद्यमी पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।

कांग्रेस महाधिवेशन: मतदानको समय ७ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि