लक्षण नदेखिएकाले पनि पैसा तिरेर कोरोना परीक्षण गर्न पाउने « Khabarhub

लक्षण नदेखिएकाले पनि पैसा तिरेर कोरोना परीक्षण गर्न पाउने


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अब कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएकाले पनि पीसीआर तथा आरडीटीबाट जाँच गराउन पाउने भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित प्रेस ब्रिफिङका क्रममा जोकोहीले पनि स्वेच्छाले परीक्षण गर्न पाउने बताएका हुन्। विदेशी तथा नेपाली नागिरकले तोकिएको स्वास्थ्य संस्थाबाट सशुल्क परीक्षण गर्न पाउने उनले बताए।

‘हामीले पीसीआरको परीक्षण बढाउन कोरोना जाँच गराउन चाहनेले तोकिएको स्वास्थ्य संस्थामा जाँच गराउन पाउने व्यवस्था गरेका छौं,’ उनले भने।

यसरी जाँच गरिएपछि पीसीआर परीक्षणको दायरा बढ्ने लक्ष्य लिएको देवकोटाको भनाइ छ। उनका अनुसार कोरोना परीक्षण गर्न चाहनेले न्यून शुल्कमा जाँच गर्न पाउने छन्।

यसअघि सरकारले कोरोना संक्रमित देशबाट आएका, संक्रमितको सम्पर्कमा पुगेका तथा लक्षण देखिएका मानिसलाई मात्रै कोरोना परीक्षण गर्ने निर्देशिका बनाएको थियो।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ७ : ४९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना